१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली

प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली
अ अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश सरकार सञ्चालनको सन्दर्भमा देखिएका अस्पष्टतालाई हटाएर स्पष्ट ढंगले सरकार सञ्चालन गरिने बताउनु भयो ।

नेपाली काँग्रेस र नेकपा (एमाले) प्रदेश सरकारहरुमा  सत्ता साझेदारी टुट्ने बहस भइरहेको बेला अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग सहकार्यको तयारी भएपछि प्रदेश सरकारबाट एमाले बाहिरिसकेको छ । अन्य प्रदेशहरुमा पनि कम्युनिष्ट दलहरुको गठबन्धनको सरकार बन्ने देखिएको छ ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले प्रदेश सरकारहरूमा अलिकति अन्योल जस्तो भएको छ । तर त्यसको समाधान हामी छिट्टै दिन्छौं । र त्यो अस्पष्टतालाई हामी हटाउँछौं । स्पष्ट ढंगले प्रदेश सरकारहरू, स्थानीय सरकारहरू चल्छन् ।’

उहाँले सबै राजनीतिक दलहरु मिलेर संघीय सरकारलाई समेत सजग गराउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।