२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली र राजनीतिक हस्तक्षेपमुक्त बनाउन आफ्नो पार्टी संविधान संशोधन गर्न समेत तयार रहेको बताउनुभएको छ ।

४४ औँ वीपी स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति थापाले वर्तमान सरकारले संविधानको पालना गरे÷नगरेको विषयमा प्रश्न उठाउँदै प्रधानमन्त्री समेत संविधानको परिधिभित्र रहनुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक शक्तिशाली निकाय भएपनि पछिल्लो समय संवैधानिक संस्थाहरू प्रभावकारी हुन नसकेको उहाँको टिप्पणी छ ।

सरकार वा मन्त्रीहरूले बदनियतपूर्वक गर्ने गैरकानूनी कामको छानबिन गर्ने संवैधानिक जिम्मेवारी अख्तियारको भएको उल्लेख गर्दै उहाँले संस्थाहरूलाई पङ्गु बनाइनु चिन्ताजनक रहेको बताउनु भयो । थापाले अख्तियारको क्षमता अभिवृद्धि र संरचनागत सुधारका लागि नेपाली काँग्रेसले पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

सभापति थापाले राजनीतिक दलको प्रभावबाट मुक्त र स्वायत्त संवैधानिक निकाय निर्माण नै काँग्रेसको मुख्य चाहना रहेको स्पष्ट पार्नुभयो ।–न्युज एजेन्सी नेपाल