७ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस् ओलीको आरोप : भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिको परिभाषा र परिचय बदल्नुपर्ने बताउनुभएको छ ।
४४ औँ वीपी स्मृति दिवसका अवसरमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले राजनीति केवल शक्ति र सत्ता प्राप्तिको प्रतिष्पर्धा मात्र नभएको स्पष्ट पार्नुभएको हो ।

सभापति थापाले राजनीतिको वास्तविक अर्थ जनसेवा र सामाजिक रूपान्तरणसँग जोडिनुपर्ने बताउनु भयो । उहाँले भत्केका विद्यालय बनाउनु, लागुपदार्थको दुव्र्यसनमा फसेका युवाहरूलाई सही मार्गमा ल्याउनु, किसानलाई मल र उत्पादनको उचित मूल्य दिलाउनु तथा वन, नदी र पर्यावरणको संरक्षण गर्नु नै वास्तविक राजनीति भएको बताउनु भयो ।

वीपी कोईरालाका विचार र आदर्शको स्मरण गर्दै उहाँले नेपाली काँग्रेस एउटा निर्वाचनको हार वा जितबाट नआत्तिने बताउनु भयो । निर्वाचन जित्ने नाममा आफ्नो आस्था र सिद्धान्तसँग सम्झौता गरेर गरिने गठबन्धनको राजनीतिले काँग्रेसको मौलिक पहिचानलाई कमजोर बनाउने उहाँको तर्क छ ।

सभापति थापाले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई समाजसँग पुनः सुमधुर सम्बन्ध स्थापित  गर्न आग्रह गर्नुभयो । समाजसँग जोडिएको पार्टीलाई नागरिकले नै विश्वास गरेर सत्ताको नेतृत्व सुम्पने बताउँदै उहाँले विगतका गल्तीहरू सुधार्दै जनताको घरदैलोमा पुग्न निर्देशन दिनुभयो । उहाँले काँग्रेसलाई सत्ताको खेलमा मात्र सिमित नराखी सामाजिक परिवर्तनको संवाहक बनाउनुपर्नेमा जोड दिनुभयो ।




भर्खरै