२२ भाद्र २०८३, सोमबार
,
Latest
रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले बलियो संगठन निर्माण गरी काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउने बताउनुभएको छ ।

४४ औँ वीपी स्मृति दिवसका अवसरमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले काँग्रेसलाई समयको माग र कार्यकर्ताको चाहनाअनुसार अगाडि बढाउनुपर्ने बताउनुभएको हो ।

पार्टीको गुम्दै गएको ‘जीवनदायिनी शक्ति’ लाई पुनर्जागृत गर्न विशेष महाधिवेशनमार्फत युवा नेतृत्व चयन गरिएको उहाँको स्पष्टोक्ति छ । नेपाललाई ‘देवभूमि’ को संज्ञा दिँदै घिमिरेले यहाँको जीवनदायिनी शक्ति र ऊर्जा विघटित हुँदै गएको र त्यसलाई संगठित गर्न आवश्यक रहेकाले विशेष महाधिवेशन गरिएको उल्लेख गर्नुभयो ।

सोही सन्दर्भलाई पार्टीसँग जोड्दै उहाँले काँग्रेसको ऊर्जा पनि विघटनतर्फ जाँदै गरेको र पार्टीको जीवनदायिनी शक्ति क्षीण हुँदै गएको महशुस हुन थालेकाले पुनर्जीवन दिन विशेष महाधिवेशनबाट युवा शक्ति ल्याउनुपरेको बताउनु भयो । महामन्त्री घिमिरेले देश, समय र युगको मागअनुसार पार्टीका नेताहरूले रोजेको युवा नेतृत्वमार्फत काँग्रेसको शक्ति फर्काएको बताउनु भयो । काँग्रेसलाई युवा, महिला र विभिन्न पेशा–व्यवसायमा आवद्ध आम नागरिकहरूको ‘साझा घर’ बनाइने उहाँको भनाइ छ ।

पार्टीमा सबैले उत्साहपूर्वक काम गर्ने वातावरण सिर्जना गरी संसारलाई नमूना संगठन देखाउने प्रतिवद्धता व्यक्त गर्दै घिमिरेले सम्पूर्ण कार्यकर्ताहरूलाई यस दिशामा एकजुट भई अगाडि बढ्न आह्वान गर्नुभयो ।




भर्खरै