३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

बाँडिएका विपी, हेपिएका पुष्पलाल

बाँडिएका विपी, हेपिएका पुष्पलाल
अ+ अ-

साउन ६ गते, नेपालका एकजना युगपुरुष तथा जननायक विपी कोइरालाको ४४औँ स्मृति दिवस लाई नेपाली कांग्रेसले विपीको सम्झना गरी उनको स्मृतिमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने गरिएको छ ।

उनै विपीले आजभन्दा सात दशकअघि स्थापना गरेको नेपाली कांग्रेस पार्टीले विगत देखि  यस दिनलाई विपीलाई स्मरण गरेर मनाउने गरेको छ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला राजनीतिक व्यक्तित्व मात्र नभएर नेपालको साहित्य क्षेत्रका पनि एक प्रतिभा हुन् । त्यसैले पनि राजनीतिक वृत्तमा मात्र सीमित नराखेर साहित्य क्षेत्रले पनि उनलाई स्मरण गर्ने गर्दछ ।

राजनीतिक व्यक्तित्वका रुपमा विपीलाई सम्झँदा विपीको कद कुनैपनि नेपाली राजनीतिज्ञको भन्दा धेरै माथि छ । किनभने उनले नेपालमा राणा शासनकै विरुद्ध उत्रेर आन्दोलन गर्नेदेखि राजा महेन्द्रको एकतन्त्रीय निरंकुश पञ्चायती व्यवस्थाकै विरोधमा प्रजातन्त्रका लागि जनमत सिर्जना गर्ने नेता हुन् । उनी नेपालको पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसको संस्थापक मात्र होइन कि देशलाई संसदीय राजनीतिमा प्रवेश गराएर नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री नै बन्नुभयो ।

विपीकै कदले कांग्रेसले संसदीय निर्वाचनमा दुई तिहाई बहुमत हासिल गरेपछि उनको लोकप्रियताबाट अत्तालिएका राजा महेन्द्रले उनी र उनको सरका्रलाई नै अपदस्थ गरी जेल हाले र देशमा बहुदलीय व्यवस्थाको अन्त्यको घोषणा गरी विपीलाई नै जेल हाले । तर पनि उनले देशमा राजतन्त्रको अन्त्यको नीति भने बनाएनन् । बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र नै उनको नीति थियो ।

त्यसैले विपीलाई स्मरण गर्ने अर्काे एक महत्वपूर्ण योगदान भनेको राष्ट्रिय एकता र मेलमिलाप हो । उनी २०३३ सालमा भारतको निर्वासनबाट फर्के र मेलमिलापको नीतिको घोषण गरे । अनि राजासँग पनि मिलेर बहुदलीय व्यवस्थाको माग अघि सारे ।

तर आज यिनै नेताको नाममा भइरहेका कार्यक्रममा मेलमिलाप त के झैझगडा, बाझाबाझ र एक आपासमा दोषारोपणको अवस्था देखियो । बुधबार विपीको ४४ औँ स्मृति दिवस । उनको तस्बिर राखेर कांग्रेसका नेताहरुले यसैगरी बाझाबाझमा उत्रिएको देखियो ।

यस वर्ष नेपाली कांग्रेसका नयाँ र पुराना संस्थापन पक्षबिचको आन्तरिक द्वन्द्वले स्वयं विपीलाई नै दुई चिरामा विभाजन गरिदिएको अथवा बाँडिदिएको देखियो । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको विपी स्मृति दिवस कार्यक्रममा एकले अर्काे कांग्रेसलाई बाझेको देख्दा विपीको स्मरण त होइन अपमान नै भएको महसुस भएको थियो ।

यतिखेर देशमा नेपाली कांग्रेस बाँडिएर दुई ओटा भएको छ । गत पुस महिनामा आयोजना भएको विशेष महाधिवेशनबाट पार्टी टुक्रिएर दुई ओटा भएको छ, यद्यपि नाम नै नयाँ राखेको अवस्था भने होइन । सो विशेष महाधिवेशनले तत्कालीन सभापति शेरबहादुर देउवालाई हटाएर यता गगन थापालाई सभापति बनाएको थियो । तर त्यसलाई देउवा समूहले मानेको छैन र त्यो समूहको नेतृत्व पूर्णबहादुर खड्काले गरिरहेका छन् । उनी यसअघि कार्यबाहक सभापति थिए ।

यही मेसोमा मिसिएका छन् डा शेखर कोइराला पनि । उनी कहिले कता कहिले कता हुँदाहुँदै अहिले पूर्णबहादुरको पोल्टामा आइपुगेका छन् । हिजो उनी पनि प्रज्ञामा नै देखिए र सभापति गगनलाई गाली गर्ने प्रतियोगितामा सहभागिता जनाए ।

बुधबार दुवै पक्षले गरेका थिए कार्यक्रम विपीलाई सम्झिएर । यता अहिले आएर संस्थापन हुन पुगेका गगनले दौड प्रतियोगिता गरेर कार्यक्रम गरे भने उता पूर्णबहादुरहरुले भने गोष्ठी राखे । दुवैतिर एकले अर्कालाई आरोप र गालीगलौजलाई निरन्रता दिँदा यता विपी भने छायाँमा परे अर्थात उनी थोरै मात्र सम्झिए । दुवै पक्षले फरक–फरक कार्यक्रमको आयोजना गर्दा यस पटकको स्मृति दिवस विपीको वैचारिक विरासत र त्यसले नेपाली समाजलाई दिएको उत्सवभन्दा पनि बढी विचलन र उपहासमा भेटियो ।

नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादको जग बसाल्ने नेताको सम्झनामा उनकै अनुयायीहरूले तय गरेका कार्यक्रमहरूको रूपरेखा विपी कांग्रेस भन्न पनि नमिल्ने खालको थियो । कांग्रेसले विपी नामलाई ब्रान्डका रूपमा बेच्न अब नसक्ने देखिन्थ्यो ।

न पाँच किलोमिटरको ‘ग्रिन रन’ मा दौडिएको विशेषबाट उदाएको नयाँ संस्थापन विपीको सच्चा अनुयायी बन्न सकेको छ र नत विपी, गणेशमानका सुपुत्र भनेर भाषण गर्दै हिँड्ने पुरानाहरुले नै हिजो र आजका दिनमा विपीको निष्ठालाई बोक्न सकेको छ । मात्र पुरानाले हिङ हालेको टालो बेच्न र नयाँहरुले युवाहरूमाझ सेलिब्रिटी बन्ने होडमा मात्र अघि बढेका छन् ।

नयाँहरुमा विपी ग्रिन रनमा दौडिने सहभागीका टिसर्टमा र यता पुरानाहरुमा तस्बिरमा गरिएका माल्यार्पण र अविरमा मात्र सीमित बनाइएका छन् । अनि दुवैथरिको सतही राजनीतिको प्रतिविम्ब मात्र बन्न पुगेका छन् यतिखेर विपी ।

अहिले इतर समूह भनिएको समूहका नेताहरुले विपीको ४४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा औपचारिक रूपमा पार्टी एकताको आवश्यकता दोहो¥याए पनि अधिकांश नेताको अभिव्यक्तिमा पार्टी विभाजनको आकांक्षा र आसय देखिन्थ्यो ।

तर उनीहरु दुवैले विपीलाई आफ्नै नेता भन्न भने छुटाएका छैनन् । अनि विपी स्मृति दिवस भएकाले एकताको कुरा पनि छुटाएनन् । यसी बाँडिएका थिए विपी । भाँडिएको कांग्रेसभित्र यसरी बाँडिन पुगेका थिए विपी ।

उता नेकपाका संस्थापक पुष्पलालको अवस्था पनि त्यस्तै थियो । चम्पादेवीमा पुगेर नेकपाका संयोजक पुष्पकमल दाहाल, माधव नेपाल र यता नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुष्पार्पण गरेका थिए । मात्र पुष्पलालको सम्झनाको औपचारिकता मात्र उनीहरु पूरा गरेका थिए ।

कांग्रेसजस्तै नभाँडिएका त कम्युनिष्ट पनि होइनन, तर औपचारिक रुपमै एउटै नेकपा बनाउन पनि सकिरहेका छैनन् । केही समयअघि नेकपा माओवादी नै रहँदा प्रचण्डहरु पुष्पलाललाई मान्दैनथे । सकेत त प्रचण्ड आफ्नै नामको प्रचण्डपथ बनाउन कस्सिएर हिँडेका थिए । तर उनको सुर ताल भने आफ्नै सहयात्री, सहपाठीहरुले खुस्काइदिएका थिए ।

उनले आफ्ना राजनीतिक गुरु मान्दै आएका मोहन वैधदेखि दिएर आफ्नै नेतृत्वको जनयु्द्धका कमाण्डर बादलसम्मले पार्टी छोडेपछि सिद्धान्तका दाँत फुस्किएका प्रचण्डले आफ्नै नामको प्रचण्डपथ बनाउने योजनालाई लत्र्याकलुत्रुक भएर त्यागिदिएका थिए । त्यसैले अहिले केही बर्ष यतादेखि मात्र उनी पुष्पलालको शालिक धाउन थालेका हुन् ।

कम्युनिष्टहरुले पनि पुष्पलाललाई कांग्रेसले विपी चिन्तन छोडेजस्तै छोडेका छन् । उनी साउन ७ गते पर्ने स्मृति दिवसमा यसो शालिकसम्म पुगेर माल्यार्पण गर्र्ने बाहकका कुनै पनि वैचारिक, सैद्धान्तिक र सांगठनिक कार्यक्रमको आकर्षण उनीहरुसँग देखिँदैन । आज बाहकका अरु दिन उनीहरु पनि न चर्चा गर्छन् र नत पुष्पलालको सर्वहारावादी कृति नै देशभरि छर्छन् ।

अहिलेको सत्ता राजनीतिको कुरा गर्ने हो भने त विपी र पुष्पलाल सम्झिने अवस्वथा पनि देखिँदैन । मुलुकको राजनीतिको केन्द्रमा नयाँ पुस्ता उदाएको छ र उसँग राजनीतिमा त्याग, तपस्या, जेलनेल पनि आवश्यक छ भन्ने पनि जानकारी राख्दैन । अहिले हामीले प्राप्त गरेको प्रजातन्त्र र समाजवादका लागि विपी र पुष्पलालले र उनको सच्चा अनुयायीले कति दुःख गरे होलान् भनेर स्मरण पनि गराउन सकिँदैन यो पुस्तालाई ।

त्यसैले हिजो आफ्नै पार्टीको कार्यक्रममा विपी बाँडिएको र स्मृति दिवसका दिन पुष्पलाल हेपिएको देख्दा अहिले नै त यस्तो छ भने अझ भोलिको पुस्तामा उहाँहरुको योगदान कसरी स्मरणमा आउला भनेर चिन्ता लाग्नु स्वाभाविकै हो ।