समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
न्यूजपोलार ७ श्रावण २०८३, बिहीबार १८:१५
काठमाडाैँ । सिरहाको लहानस्थित हस्पिटल चोकमा प्रहरीले गोली चलाएर लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले बिहीबार दिउँसो गोली चलाएर ५ भारतीय नागरिक र १ नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
NewsPolar