२२ भाद्र २०८३, सोमबार
,
Latest
रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आम जनता र ‘भुइँ मान्छे’का समस्यासँग जोड्दै नयाँ शिराबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

४४ औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले वीपी कोईरालाको समयमा जस्तै काँग्रेसलाई सबै वर्ग र समुदायको साझा अभियानका रूपमा विकसित गर्नुपर्ने बताउनुभएको हो । महामन्त्री पौडेलले वीपी कोईरालाको नेतृत्वमा काँग्रेसले समाजका हरेक मुद्दालाई स्पष्ट रूपमा बोकेको स्मरण गर्नुभयो ।

परिवर्तित परिस्थितिमा काँग्रेसले नयाँ संकल्प र अभियानका साथ अघि बढ्नुपर्ने बताउँदै उहाँले पार्टीलाई सिर्जनात्मक र संगठित बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । महामन्त्री पौडेलले नेपाली काँग्रेसको सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाइएको जानकारी दिनुभयो । प्रविधिको प्रयोगका कारण केही प्राविधिक कठिनाइ भएपनि ८० प्रतिशतभन्दा बढी सदस्यले डिजिटल माध्यमबाट आफ्नो विवरण अद्यावधिक गरिसकेको उहाँले बताउनु भयो ।

अब हरेक क्रियाशील सदस्यसँग डिजिटल परिचयपत्र हुने र उनीहरूले आफ्नो विवरण आफैँ परिमार्जन गर्नसक्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । यसले पार्टीभित्र पारदर्शिता कायम गर्न र नेतृत्वसँग सदस्यहरूको सीधा संवाद स्थापित गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न काँग्रेसले उम्मेदवार छनोट प्रक्रियामा ‘प्राइमरी’ निर्वाचनको अवधारणा ल्याउन लागेको पौडेलले जानकारी दिनुभयो ।

प्रविधिको प्रयोग गरी डिजिटल भोटिङमार्फत उम्मेदवार छानिने पद्धति विकास गरिने उहाँले बताउनु भयो । पार्टीमा युवाहरूको आकर्षण बढाउन ३० र ३५ वर्षमुनिका युवाहरूलाई विभिन्न तहमा अनिवार्य प्रतिनिधित्व गराउने विधानको व्यवस्थालाई कडाइका साथ लागू गरिएको समेत उहाँले उल्लेख गर्नुभयो ।




भर्खरै