२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल पाँचौं खेलः राजस्थान र हैदरावादबीच भिडन्त



अ+ अ-

एजेन्सी । १५ औं संस्करणको आईपीएल २०२२ अन्तर्गत पाँचौं खेल आज (मंगलबार) सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच पुणेको महाराष्ट्र क्रिकेट स्टेडियममा हुँदैछ ।

खेल साँझ ७ः४५ बजे सुरु हुनेछ र त्यसको आधा घण्टा अगाडि बेलुका ७ः१५ बजे टस हुनेछ । दुवै टोलीले यसअघि आइपिएलको उपाधि जितिसकेका छन् र १५औँ सिजन जितसँगै सुरु गर्न चाहन्छन् ।

यस वर्षको लिलामीमा हैदरावाद र राजस्थान दुबैले केही उत्कृष्ट खेलाडीहरु खरिद गरेका छन् । तर, कप्तानमा दुई टोलीबीच ठूलो अन्तर छ । राजस्थान टोलीको कमाण्ड युवा सञ्जु सामसनको हातमा छ, जसले आफूलाई प्रमाणित गर्न बाँकी छ । त्यस्तै, हैदरावादको कमाण्ड अनुभवी केन विलियम्सनको हातमा छ । विलियम्सनको नेतृत्वमा गत वर्ष न्युजिल्यान्ड टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । यस्तो अवस्थामा उनीबाट फ्रेन्चाइजलाई धेरै आशा छ ।

तथ्याङ्कको कुरा गर्ने हो भने दुई टोलीबीच कडा प्रतिस्पर्धा छ । हैदरावाद र राजस्थानबीच कूल १५ खेल भएका छन् । जसमध्ये एसआरएचले आठ र आरआरले सात खेल जितेको छ । पुणेको एमसीए स्टेडियममा दुवै टोलीको कीर्तिमानको कुरा गर्दा, हैदरावादले यहाँ तीन खेल खेलेको छ जसमध्ये एकमा जित र दुई खेलमा हार बेहोरेको छ । अर्कोतर्फ राजस्थानले जम्मा पाँच खेल यहाँ खेलेको छ । जसमध्ये दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ ।

राजस्थानले मेगा लिलामीमा धेरै उत्कृष्ट खेलाडीहरू किनेको छ र धेरै राम्रो टोली उत्पादन गरेको छ । यशस्वी जैसवालदेखि जोस बटलर र सञ्जु सैमसन जस्ता खेलाडी टोलीको शीर्ष क्रमको हिस्सा हुन् । अर्कोतर्फ, सिमरोन हेटमायर र निशाम अन्तिम ओभरमा धेरै रन बनाउन माहिर छन् ।

टोलीमा दुई उत्कृष्ट स्पिनर रविचन्द्रन अश्विन र युजवेन्द्र चहल छन् । अर्कोतर्फ, ट्रेन्ट बोल्ट, प्रशान्त कृष्ण र नवदीप सैनीले फास्ट बलिङको जिम्मा लिनेछन् । यी सबै खेलाडीहरू रहेकाले राजस्थान बलियो छ । तर, टिममा राम्रो अलराउन्डर र फिनिशरको भने अभाव छ । जिमी निशाम बाहेक राजस्थानसँग राम्रो अलराउन्डर छैनन् ।

अर्कोतर्फ, सनराइजर्स हैदरावादको कुरा गर्दा टोलीमा धेरै विविधता छ । टोलीमा उपस्थित धेरै ब्याट्सम्यानले जुनसुकै स्थानमा ब्याटिङ र पार्ट टाइम बलिङ गर्न सक्छन् । त्यस्तै टोलीमा रहेका बलरले पनि ब्याटिङ गर्न सक्छन् । कप्तान विलियम्सनका अलावा निकोलस पूरन र अब्दुल समद मध्यक्रममा खेल्नेछन् । हैदरावादसँग बलिङमा राम्रो विकल्प छ ।

टिममा दुई उत्कृष्ट अलराउन्डर वाशिंगटन सुन्दर र रोमारियो शेफर्ड छन् । भुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले फास्ट बलिङको नेतृत्व गर्नेछन् । यस बाहेक कार्तिक त्यागी, टी नटराजन, मार्को येन्सन, शान एबोट, उमरान मलिक, फजलहक फारुकी जस्ता धेरै फास्ट बलर छन् । यस्तो अवस्थामा हरेक पटक जस्तै यसपटक पनि हैदरावादको बलियो पक्ष भनेकै बलिङ हो ।

हैदरावादका लागि केन विलियम्सन र अभिषेक शर्माले ओपनिङ गर्नेछन् । त्यसपछि राहुल त्रिपाठी र पूरनलाई ब्याटिङमा उतारिनेछ । पूरन र एडेन मार्करामको ब्याटिङ पोजिसन तय गर्नु हैदरावाद व्यवस्थापनका लागि ठूलो चुनौती हुनेछ । यद्यपि, हैदरावादसँग गुणस्तरीय स्पिनर छैनन् । सुन्दरका अलावा श्रेयस गोपाल र अभिषेक शर्मा स्पिनरको रुपमा रहनेछन् ।

राजस्थानको सम्भावित ११
जोस बटलर (विकेटकीपर), देवदत्त पडिक्कल, यशस्वी जैसवाल, सञ्जु सैमसन (कप्तान), शिमरोन हेटमायर, रियान पराग, जेम्स नीशम/नाथन कुल्टर-नाइल, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, युजवेन्द्र चहल र प्रणभव कृष्ण।

हैदरावादका सम्भावित ११
एडेन मार्कराम, अभिषेक शर्मा, केन विलियमसन (कप्तान), राहुल त्रिपाठी, निकोलस पूरन (विकेटकीपर), अब्दुल समद, वाशिंगटन सुन्दर, रोमारियो शेफर्ड, उमरान मलिक, भुवनेश्वर कुमार र टी नटराजन।