३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.51

Wind: 1.03

Humidity: 94

Latest
रविन्द्र र धवलविरुद्ध मुद्दा नचलाइने, रिहा गर्न साइत कुर्दै सरकार इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन् यस्तो छ आज निर्धारित विदेशी मुद्राको विनिमय दर शिक्षकहरुलाई विद्यालयमा फर्कन मन्त्रिपरिषद्को आह्वान् बार्सिलोना र पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा, डर्टमण्ड र एस्टन भिल्ला बाहिरिए नेपालको सीमानजिकै चीनको सिगाल्सेमा भूकम्पको कडा धक्का सुनसरीमा दुई समूहबीच गोली हानाहान, तीनजना पक्राउ मन्त्रिपरिषद् बैठक : संसद्को बजेट अधिवेशन आह्वान गर्न सिफारिस गण्डकी प्रदेशको बजेट नौ महिनामा ३५ प्रतिशत खर्च तेस्रो पटक जिब्रो छेडेर महाद्विप बोक्दै टोलटोल घुमे बोडेका २८ वर्षीय सुजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खान पछि पर्यटन प्रर्बद्धनका लागि टर्किका चर्चित अभिनेता दुज्यातान नेपाल आउदै



अ+ अ-

काठमाडौँ। नेपालको पर्यटन प्रर्बद्धनमा सहयोग पु-याउनका लागि टर्किका चर्चित अभिनेता उनगिनअल्टान दुज्यातान नेपाल आउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र टर्कि–नेपाल व्यापार परिषद्का अध्यक्ष मेहमतमुस्तफा एकिनसेलरबीच आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा एकिनसेलरले नेपालको पर्यटन प्रबद्धन तथा टर्किका पर्यटक नेपाल भित्रयाउनका लागि आफुहरु चर्चित अभिनेता दुज्यातानलाई नेपाल ल्याउने जानकारी दिनु भएको हो ।

टर्कि–नेपालको पर्यटन प्रबद्धन तथा कोभिड पछाडीको पर्यटन उद्योगलाई माथी उकास्नका लागि भएपनि अभिनेता दुज्यातान नेपाल आउँदा निकै फाइदा हुँने मन्त्री आलेले सो भेटघाटमा बताउनु भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा पर्यटन पुर्नउत्थानको सहकार्यमा उहाँ आउँदो वैशाख महिनामा नेपाल आउने कार्यक्रम रहेको पर्यटन पुर्नउत्थानका संयोजक राजाराम गिरीले जानकारी दिनुभयो ।

अभिनेता दुज्यातान नेपाल आए टर्कि लगायत मध्यपूर्वि देश तथा युरोपका नागरिकहरुलाई नेपालको पर्यटकिय क्षेत्रको भ्रमण तथा अवलोकनमा आउन निकै सहज हुने र नेपालमा पर्यटकहरुको सङ्ख्या बढ्न सक्ने अपेक्षा लिइएको छ ।

आउदो जेठ १४ गते भारतीय अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम तयभएसँगै टर्र्किका अभिनेता दुज्यातान पनि नेपाल आउन लाग्नु भएको पर्यटन पुर्नउत्थानका संयोजक गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी टर्किका चर्चित अभिनेता दुज्यातानलाई पनि नेपालमा ल्याउन लागिरहेका छौँ, जतिसक्दो हामी यहाँको पर्यटन प्रबद्धन तथा पर्यटक भित्रयाउन चाहान्छौँ ।”

अभिनेता दुज्यातान नेपाल आउनु भएपछि युरोप र टर्किका पर्यटकहरु नेपालमा बढ्न सक्ने आसा गरिएको उहाँको भनाइ छ ।