८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खान पछि पर्यटन प्रर्बद्धनका लागि टर्किका चर्चित अभिनेता दुज्यातान नेपाल आउदै



अ+ अ-

काठमाडौँ। नेपालको पर्यटन प्रर्बद्धनमा सहयोग पु-याउनका लागि टर्किका चर्चित अभिनेता उनगिनअल्टान दुज्यातान नेपाल आउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र टर्कि–नेपाल व्यापार परिषद्का अध्यक्ष मेहमतमुस्तफा एकिनसेलरबीच आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा एकिनसेलरले नेपालको पर्यटन प्रबद्धन तथा टर्किका पर्यटक नेपाल भित्रयाउनका लागि आफुहरु चर्चित अभिनेता दुज्यातानलाई नेपाल ल्याउने जानकारी दिनु भएको हो ।

टर्कि–नेपालको पर्यटन प्रबद्धन तथा कोभिड पछाडीको पर्यटन उद्योगलाई माथी उकास्नका लागि भएपनि अभिनेता दुज्यातान नेपाल आउँदा निकै फाइदा हुँने मन्त्री आलेले सो भेटघाटमा बताउनु भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा पर्यटन पुर्नउत्थानको सहकार्यमा उहाँ आउँदो वैशाख महिनामा नेपाल आउने कार्यक्रम रहेको पर्यटन पुर्नउत्थानका संयोजक राजाराम गिरीले जानकारी दिनुभयो ।

अभिनेता दुज्यातान नेपाल आए टर्कि लगायत मध्यपूर्वि देश तथा युरोपका नागरिकहरुलाई नेपालको पर्यटकिय क्षेत्रको भ्रमण तथा अवलोकनमा आउन निकै सहज हुने र नेपालमा पर्यटकहरुको सङ्ख्या बढ्न सक्ने अपेक्षा लिइएको छ ।

आउदो जेठ १४ गते भारतीय अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम तयभएसँगै टर्र्किका अभिनेता दुज्यातान पनि नेपाल आउन लाग्नु भएको पर्यटन पुर्नउत्थानका संयोजक गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी टर्किका चर्चित अभिनेता दुज्यातानलाई पनि नेपालमा ल्याउन लागिरहेका छौँ, जतिसक्दो हामी यहाँको पर्यटन प्रबद्धन तथा पर्यटक भित्रयाउन चाहान्छौँ ।”

अभिनेता दुज्यातान नेपाल आउनु भएपछि युरोप र टर्किका पर्यटकहरु नेपालमा बढ्न सक्ने आसा गरिएको उहाँको भनाइ छ ।




भर्खरै