२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्ये मौलिकता झल्काउने गीत ‘दोहोरीको राजा’ सार्वजनिक



अ+ अ-

काठमाडौं । पछिल्लो समय फरक फरक विषयवस्तुलाई लिएर गीतसङ्गीतहरू प्रस्तुत गरिने गरिन्छ त्यस्तै मध्ये मौलिकता झल्काउने गीत हो दोहोरीको राजा जसमा पहिले पहिले दरबार भित्र हुने लोक संस्कृतिको झल्लको दर्साइएको छ । 

गीतमा राजाले पारिवारिक मनोरञ्जनको लागी गराइने गीतसंगीतहरुको विषय समेत प्रस्तुत गरिएको छ । राजाले विभिन्न ठाउँका राजाहरूलाई बोलाइ पहिले पहिले यसरी नै सांस्कृतिक मञ्चन गराउने गरिन्थ्यो । त्यही शैलीलाई यस गीतमा देखाइदिएको छ ।

जसमा राजाले आफनो चेलीका लागी बर खोज्न यस्तै मञ्चनहरूमा प्रतिस्पर्धा माध्यम चलाउने गरेका थिए । जुन पुरानै दरबार शैलीको कुरालाई यस गीतमा राम्रोसँग प्रस्तुत गरेको देख्न सकिन्छ । 

सोही गीतमा जुगारी जित्नेलाई आफनो चेली दिने र हारेमा घर ज्वाइँ बस्नुपर्ने सर्त राख्छन् सोही सर्त कसैलाई मन्जुर नभएपछि उनले त्यो गीत सभा नै समापन गर्ने भन्छन् त्यत्तिकैमा अर्को ठाउको राजा आएर उनको सर्त अनुसार जुगारी खेली चेली लान तयार भएको देख्न सकिन्छ । 
 
गीतमा अञ्जलि अधिकारी, लोमुस शर्मा , सुरवीर पण्डित, शीतल शर्मा , आसिम शर्मा, नकुल ढकाल, शोभा ढकाल लगायतले अभिनय रहेको गीतमा गायक पशुपति शर्मा र लक्ष्मी मल्लले स्वर रहेको छ ।  सोही गीतमा सन्तोष राज वाहक कोरियोग्राफर छन् भने उत्सव दाहालले छायाकंन गरेका छन् । उक्त गीतमा निशान कश्यपको सम्पादन र निर्देशन रहेको छ ।