२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरण र मेलिनाको युगल आवाजमा ‘तिमीलाई नै’ सार्वजनिक (भिडियो सहित)



अ+ अ-

काठमाडौं । गायक किरण भुजेल र गायिका मेलिना मैनालीको युगल आवाजमा नयाँ गीत 'तिमीलाई नै' सार्वजनिक भएको छ । घन थापाको शब्दमा बनेको गीतको म्युजिक भिडियोमा गायक किरण भुजेल र गायिका मेलिना मैनाली अफैले अभिनय समेत गरेका छन् ।

गीतमा दिपकराज विश्वकर्माले संगीत भर्ने काम गरेका छन् भने मिक्सीङ् र अरेन्जको काम पनि उनी आफैले गरेका छन् । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा र व्यस्त रहने गायकका रुपमा किरण भुजेल रहेका छन् ।

नेपाली गायन रियालिटी सो नेपाल आईडलबाट निकै चर्चामा आएका गायक किरण भुजेलले आफ्नो धेरै जसो गीतहरुको भिडियोमा आफै नै अभिनय गर्ने गर्छन् । यता गायिका मेलिना मैनाली भने नेपाली गायन रियालिटी सो द भ्वाईस अफ् नेपाल बाट चर्चामा आएकी थिईन् ।