११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संगठित आवाज राख्ने ठाउँ खोज्दै जाँदा एमाओवादी विचारको नजिक पुगे



अ+ अ-

काठमाडौं – नायिका रेखा थापाले आफू कुनै पनि पदको लोभमा राजनीतिमा नलागेको बताएकी छिन् । रेखाले पलायन हुँदा युवा जगत्मा निराशा पैदा हुने हुँदा देशमै बसेर केही गर्न सकिन्छ भनेर राजनीतिमा लागेको बताएकी हुन् । ‘म मन्त्री भइएला वा प्रधामन्त्री बनिएला भनेर राजनीतिमा लागेको होइन,’ उनले भनिन्, ‘कलाकारले नाच्ने गाउने मात्रै होइन निर्णायक तहमा पुगेर काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न पनि राजनीतिमा लागेकी हुँ ।’ कलाकार विदेश गएमा वा पेशाबाट पलायन भएमा फिल्म जगत्मा केही रहेनछ भन्ने सन्देश जाने हुँदा पनि स्वदेशमै केही गर्नुपर्ने उनको भनाइ छ । ‘हामी पलायन भए नवप्रवेशीहरु आत्तिन सक्छन्,’ आफूभन्दा सिनियर नायिका करिष्मा मानन्धर अमेरिका गएको बेला आफूमा आएको अनुभव बाँड्दै रेखाले भनिन्, ‘त्यस्तो नहोस् भन्नका लागि पनि मैले यहीं केही गर्नुपर्छ ।’ एक्लै आफ्ना कुरा राख्दा कसैले नसुनेपछि राजनीतिक संगठनमार्फत भिजन कार्यान्वयन गर्न सकिने सोच पनि छ, रेखा थापामा । संगठित आवाज राख्ने ठाउँ खोज्दै जाँदा आफू एमाओवादी विचारको नजिक पुगेको रेखाको स्पष्टोक्ति छ । नेतृत्वदायी महिला सम्बन्धी सिनेमा ‘काली’को सफलता सँगै अहिले राजनीतिमा अझ बढी सकृय रहेकी छन् रेखा । अब आफूले लामो समय राजनीतिमै बिताउने पनि उनले सुनाइन् ।