३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’

‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’
अ+ अ-

काठमाडौँ । रङ्गमञ्चबाट कथा भनिरहनुभएका कलाकार आशान्त शर्माले अभिनयसँगै निर्देशन गर्नुभएको चलचित्र ‘ताराहरू’ को विशेष प्रदर्शन ९प्रिमियर० गरिएको छ । बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो ।

रङ्गमञ्चमा मञ्चन हुने नाटकमा निर्देशक र अभिनेतासँगै प्राविधिक पाटोसमेत सम्हाल्नुभएका कलाकार शर्माले यसपटक एउटा नाटकलाई नै ठूलो पर्दामा ल्याउनुभएको बताउनुभयो । रङ्मञ्चबाट भनिएको  ‘साथी, साथी आइदेऊ न’ नाटकको कथालाई पुन: चलचित्रको माध्यममा ल्याउन विषयवस्तुले प्रभाव पारेको उहाँको भनाइ छ ।

“नाटक मञ्चन गरेपछि यसलाई धेरै ठाउँमा देखाउन रङ्गकर्मीले सुझाव दिनुभयो । केहीले ‘युट्युब’मा राख्नसमेत सुझाउनु भयो, तर नेपालभर नाटक लिएर यात्रा गर्न सम्भव थिएन । नाटकका कलाकार सबैको समय मिलिरहेको थिएन, युट्युबमा ल्याउँदा मलाई मर्म मर्छ भन्ने लाग्यो”, शर्माले भन्नुभयो,“त्यसै कारण  ‘साथी, साथी आइदेऊ न’ नाटकको कथा धेरैसम्म पुग्नुपर्छ भन्ने सोचका कारण नै मैले यसलाई चलचित्रको माध्यममा ल्याएँको हुँ ।”

रङ्गमञ्च मै रमाउने कलाकार शर्मा यसपटक निर्देशकसँगै अभिनेता बन्नुभएको छ । पहिलोपटक चलचित्रमा मुख्य अभिनेता बन्नुको कारणका रूपमा उहाँ पात्रप्रतिको न्यायलाई लिनुहुन्छ । आफूले जीवन्त बनाएको पात्रलाई अन्यले के कसरी निर्वाह गर्ला भन्ने चिन्ताले नै निर्देशक र मुख्य अभिनेता बनाएको शर्माको भनाइ छ ।

“मैले एउटा भूमिकामा मात्र आफूलाई प्रस्तुत गरेको भएँ, अहिलेको भन्दा राम्रो काम गर्न सक्थे भन्ने लाग्छ, तर त्यो कथालाई अन्य निर्देशकले कसरी प्रस्तुत गर्नुहोला भन्ने डरले आफैँ निर्देशक बनेको हुँ”, उहाँले भन्नुभयो,“ अन्य केही प्रसिद्ध कलाकारलाई पनि अभिनयगर्न दिउँ भन्ने लागेर केही संवाद पनि गरेको थिएँ, तर ती कलाकारको लोकप्रियताले मैले सिर्जना गरेको पात्र र कथाको मर्मलाई ओझेलमा पार्ने हो कि भन्ने डर लाग्यो । सोही कारण म आफैँ यसमा दोहोरो भूमिकामा आएँ ।”

किशोर मनोविज्ञानलाई खोतलेर उनीहरूको मानसिक स्वास्थ्यको कथा देखाइएको चलचित्र ‘ताराहरू’ मा आत्महत्याको मार्गमा हिँडेकी एक किशोरीको भेट एक अर्धबैँसे पुरुषसँग हुन्छ । उनीहरू साथी बन्छन् । मृत्यु कल्पेर हिँडेकी किशोरीको आँखामा भरिने सपना र आशासँगै आउने खुसीलाई चलचित्रको विषय बनाइएको छ ।

रङ्गमञ्चमा मात्र देखाई रहँदा कथाले न्याय नपाएको महसुस गर्नुभएका कलाकार शर्माले चलचित्र हेर्ने दर्शकले विभिन्न कोणबाट समीक्षा गर्नेमा विश्वस्त हुनहुन्छ । “व्यावसायिक रूपमा हामीले यो चलचित्रको प्रचारप्रसार गर्नसकेका छैनौँ, तर चलचित्र हेर्ने दर्शकले यसलाई प्रचार गरेर हेर्न आग्रह गरिदिनुहुन्छ भन्ने मलाई लागेको छ । हामी रङ्गमञ्चका कलाकारले इमान्दार भएर सिर्जना गर्न सक्छौँ, तर हालको समयमा प्रतिस्पर्धा गर्न सक्दैनौँ । हाम्रो विषय र कथाले नै प्रतिस्पर्धा गर्नेछ”, उहाँले भन्नुभयो ।

मध्यमवर्गीय परिवारमा जन्मेको पुरुषले सपना र चाहना पूरा गर्न कति सङ्घर्ष गर्छ रु समाजले उसबारे के सोच्छ रु अनि उसले समाजबारे के सोच्छ रु भन्ने प्रश्नको जवाफ खोज्दै कथा बुनिएको कलाकार शर्माले बताउनुभयो ।

उक्त चलचित्रमा कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतका कलाकारले अभिनय गर्नुभएको छ । रासस