१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

डिशहोम GO मा दुई चर्चित नेपाली चलचित्र ‘नाइ नभन्नु ल ६’ र ‘प्रसाद २’ रिलिज

डिशहोम GO मा दुई चर्चित नेपाली चलचित्र ‘नाइ नभन्नु ल ६’ र ‘प्रसाद २’ रिलिज
अ अ+ अ-

काठमाडौं — नेपाली चलचित्रप्रेमी दर्शकहरूका लागि खुसीको खबर। बहुप्रतीक्षित र दर्शकमाझ लोकप्रिय बनेका दुई नेपाली चलचित्र ‘नाइ नभन्नु ल ६’ र ‘प्रसाद २’ अब DishHome GO एपमार्फत हेर्न सकिने भएको छ। पारिवारिक भावना, प्रेम र गहिरा सामाजिक यथार्थलाई प्रस्तुत गर्ने यी दुवै चलचित्रले नेपाली दर्शकको मन जित्न सफल भएका छन्।

‘नाइ नभन्नु ल ६’ नेपाली चलचित्रको सफल फ्रेन्चाइजको छैटौँ शृंखला हो। बिकासराज आचार्यद्वारा निर्देशित यस चलचित्रमा आँचल शर्मा, आशीर्वाद बी. क्षेत्री, सरोज खनाल र प्रियंका कार्की मुख्य भूमिकामा छन्। निर्माता बिकासराज आचार्य र विष्णु मणि दाहाल रहेका छन्।
चलचित्रले अभिनेता शिशिर र उनकी छोरी दित्याबीचको गहिरो सम्बन्धलाई केन्द्रमा राख्दै परिवार, प्रेम र जीवनका उतार–चढावलाई भावनात्मक रूपमा प्रस्तुत गर्छ। दित्याकी आमासँग जोडिएको रहस्यले कथालाई थप रोचक बनाएको छ। पारिवारिक दर्शकका लागि उपयुक्त यो चलचित्रले रिलिजपछि राम्रो प्रतिक्रिया पाएको थियो।

त्यसैगरी, ‘प्रसाद २’ नेपाली समाजका संवेदनशील सामाजिक विषयहरूलाई निरन्तरता दिने सशक्त चलचित्र हो। सुदर्शन थापा निर्देशित र सुदर्शन बस्नेत निर्मित यस चलचित्रमा बिपिन कार्की, केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी प्रमुख भूमिकामा छन्।
‘प्रसाद’ को कथालाई अगाडि बढाउँदै ‘प्रसाद २’ ले जातीय विभेद, अन्तरजातीय विवाहका चुनौती र राजनीतिक द्वन्द्वजस्ता विषयलाई अझ गहिराइमा प्रस्तुत गरेको छ। समाज परिवर्तनको संघर्ष र मानवीय संवेदनालाई प्रभावशाली रूपमा उठान गरेको यो चलचित्र समीक्षक र दर्शक दुवैबाट प्रशंसित बनेको थियो।

यी दुवै चलचित्र DishHome GO मार्फत नेपालभर तथा विदेशमा रहेका नेपाली दर्शकहरूले सजिलै हेर्न सक्नेछन्। DishHome GO एक आधुनिक OTT प्लेटफर्म हो, जहाँ नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, टिभी कार्यक्रम, लाइभ खेलकुद, सर्ट फिल्म र कोरियन ड्रामा लगायत विविध मनोरञ्जन सामग्री उपलब्ध छन्। एकै एपमार्फत गुणस्तरीय मनोरञ्जनको अनुभव लिन चाहने दर्शकका लागि DishHome GO उत्कृष्ट गन्तव्य बनेको छ।