३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

‘निधारमा लर्काएर सप्तरंगी टीका’ यस्तो छ तिहारको यो सदाबहार गीतको कथा

गीतले भाइटीकाको भावनामा रङ भर्ने काम गरिरहेको छ । दशकौँ पुरानो यो गीतसँग नेपाली तिहारको इतिहास र भावना पनि जोडिएको छ ।

‘निधारमा लर्काएर सप्तरंगी टीका’ यस्तो छ तिहारको यो सदाबहार गीतको कथा
अ+ अ-

काठमाडौं । ‘निधारमा लर्काएर सप्तरंगी टीका, हिँडिरहू सधैँ तिमी शिखरको बाटो ।’

हरेक तिहारमा प्रायः सबैले गुनगुनाउने गीत हो यो । जानेर नजानेर गुनगुनाउने यो गीत सबैको मुखमा झुण्डिएकै हुन्छ । यसका शब्द, संगीत र स्वरले यसरी मोहित बनाउँछकी गीत गुनगुनाउने र सुन्ने दुवै नोस्टाल्जिक हुन्छन् ।

भाईटिकाको भावना गीतमा यसरी उतारिएको छ कि गति सुन्दा प्रत्येकलाई घरको आँगनमै पुगेको अनुभूति दिलाउछ । गीतले पर्वको खुशी त बोकेकै छ, त्यति मात्र नभएर परिवार, माया र एकताको सन्देश पनि राम्रोसँग छरेको छ । स्वरमा रहेको मिठास र शब्दले बोकेको आत्मीयता तथा त्यसमा भरिएको जिवन्त संगीतले गीतलाई कर्णप्रिय बनाएको छ ।

सबै उमेरका श्रोताका भावना र वास्तविकता झल्किन्छन् गीतमा । सात रंगका टीका सात भावनाका रंग हुन्— प्रेम, सम्मान, भाइचारा, आशीर्वाद, उमंग, माया र सम्झना । गीतमा यो सबै जिवन्त रुपमा प्रस्तुत भएको छ ।

फिल्म ‘विजयपराजय’का लागि कवि तथा गीतकार दिनेश अधिकारीको शव्द शम्भूजीत बासकोटाको संगीत र हेमलताको स्वर रहेको छ भने गीतमा भुवन केसी, कृष्ण मल्ल, सरोज खनाल रुपा राना लगायतको अभिनय रहेको छ ।

बिना कुनै तडकभडक, विशुद्ध पारिवारिक महत्व झल्कने यो गीतको चर्चा हरेक वर्ष तिहारको आगमनसँगै चुलिने गर्छ ।

गीतबारे गीतकार अधिकारीले न्यूजपोलारसँग भन्नुभयो— दाजुबहिनी तथा दिदीभाईको प्रेमलाई प्रकट गर्न भाईटिको सांस्कृतिक पक्षलाई समेटेर गीत लेखेको हुँ । जस्तो कि सप्तरंगी टिका लगाउने चलन, कुनै बिघ्न बाधा नपरोस भनेर ओखर फुटाउने, घामको किरण ध्वनी भन्दा पनि चाडो सबै काम गर, उन्नती प्रगती गर भन्ने आशिष दिएको हो ।

यसैगरी परदेश गएकाहरु फर्केर आउने दिन पनि हो तिहार । भैलेनी नाच्ने कुरा यी सबै समेटर मैले शब्दमा लेखेँ र शम्भूजीत बासकोटाले त्यो सास्कृतिक पक्षलाई जिबन्त बनाउने गरी संगीत दिनुभयो ।

सम्भवत हेमलताले नेपाली चलचित्रमा गाएको यो पहिलो गीत हुनुपर्छ । २०४६ साल भदौ १५ गते यो गीत मैले लेखेको थिएँ, २०४६ कार्तिकमा मुम्बइमा रेकर्ड भएको हो ।

फिल्म त्यस्तै ४६ को अन्तिम वा ४७ को सुरुतिर रिलिज भयो । सांस्कृतिक पक्षलाई राम्रैसँग उजागर गरिएछ भन्ने लाग्छ । दशैँ तिहारका गीतहरु धेरै आए तर भाईटिका केन्द्रित गीत थिए भन्ने पनि लाग्दैन ।

सो गीतबारे संगीतकार शम्भूजीत बासकोटाले भन्नुभयो— यो गीतमा कथा अनुसारको शब्द छ अनि संगीतले भावना भरेको छ । त्यस्तै गायन पक्षले निखारेको छ । यो गीत भारतको मुम्बईस्थित मुम्बई ल्यावमा रेकर्ड भएको उहाँले स्मरण गर्नुभयो ।

यसको एरेञ्जमेन्ट बब्लु चक्रबर्तीले गर्नुभएको र एरेञ्जमेन्टमा पनि नेपालीपन झल्किएको बास्कोटा बताउनुहुन्छ । उहाँले यो गीत रेकर्डिङका बेला भारतका सुप्रशिद्ध संगीतकार रविन्द्र जैन पनि उपस्थित हुनुभएको पनि स्मरण गर्नुभयो ।

दशैँ र तिहारमा धेरै गीत बने पनि भाइटीका केन्द्रित गीत भने दुर्लभ छन् । त्यसैले ‘निधारमा लर्काएर सप्तरंगी टीका’ आज पनि हरेक नेपाली घर–घरमा तिहारको सन्देश बनिरहन्छ ।

तिहारको रौनक सुरु भएसँगै यो गीतले हामीलाई सम्झाउँछ— पर्व केवल उत्सवमा मात्र सीमित हुँदैन । परिवार र मायाको पुनर्मिलनको भावनात्मक पल पनि नेपाली चाडपर्वहरु हुन् भन्न सकिन्छ ।

तिहारको यो सदाबहार गीतले भाइटीकाको भावनामा रङ भर्ने काम गरिरहेको छ । दशकौँ पुरानो यो गीतसँग नेपाली तिहारको इतिहास र भावना पनि जोडिएको छ ।