४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उमेरअनुसार बिहे गर्ने समय भयो

उमेरअनुसार  बिहे गर्ने समय भयो
अ+ अ-

 

 
आफैले आफूलाई कत्तिको राम्री देख्नुहुन्छ ?

अहँ, पटक्कै राम्री लाग्दैन ।

ऐना हेर्दा कस्तो लाग्छ नि ?

थाहा नै भएन । म त ऐना अगाडि बस्दै बस्दिन ।

ऐना हेर्ने उमेर भएन र ?

उमेर त भयो । म त बुढी भए जस्तो लाग्छ ।
किन तनी बुढी कन्या भएर बसेको ? कि हर्मोन विकास नभएर जवानीको फिल नभएको हो ?
हैन हैन म एकदम हेल्दी छु । उमेरअनुसार पो बिहे गर्ने समय भयो भनेको । हास्दै… तर मन त कहाँ बुढो हुन्छ र । परिवारको सानो छोरी भएर होला जहिले पनि सानी छु जस्तो लाग्छ भन्या आफूलाई ।
मेकअप कत्तिको गर्नुहुन्छ ?

म त्यति धेरै मेकअप गर्दिन । तर गाँजल र ग्लस् चाहिँ प्रायः लगाउछु ।
केटीको सोह्र श्रृगार भन्छन् किन हो तनी मेकअप नगर्ने ?
म प्रायः क्याजोअल ड्रेसमा हुन्छु । साडी वा पाटी ड्रेसमा श्रृगार सुहाउने भए पनि क्याजोअलमा सुहाउँदैन । त्यसैले नलगाएको ।

छातीमा खोपेको ट्याटुको चर्चा त निकै भयो नि ?

अ छातीको ट्याटुले निकै चर्चा पायो । पहिला चर्चा बढी भएपनि अहिले कमन जस्तो भइसक्यो ।

जीवन के रहेछ त ?

एक शब्दमा भन्दा संघर्ष हो ।
प्रेम नि ?

अति आवश्यक चिज हो । प्रेमविना जीवन कसरी चल्छ र । यो त जसलाई पनि चाहिन्छ । तर अर्को प्रेममा इन्ट्रेस्ट छैन् ।
किन हो तनी अर्को प्रेममा रुचि नभाको ?
उमेर पनि भइसकेको छ । तर मन प¥यो भन्दैमा बुझ्दै नबुझी कदम चाल्न पनि त भएन नि । मन पर्ने व्यक्ति नभेटेको होइन तर उसलाई बुझ्न त केही समय चाहिन्छ नै । बुझ्दै जाँदा कोही पनि राइट निस्केनन् भन्या ।
पर्नु पिर प¥यो, ज्यानलाई भने जस्तो भएछ है ?

त्यति साह्रै पनि हैन ।

राम्री हुनुहुन्छ, प्रपोज त आँउछ होला नि ?

हेर्नुन मेरो उमेरका भन्दा पनि सानो उमेरका भाइहरुले बढी प्रपोज गर्छन् ।
सपनाको राजकुमार कस्तो छ त ?

भने जस्तो पाइँदैन के भन्नु । तैपनि माया गर्ने होस्, केटीको सम्मान गर्ने होस्, एजुकेटेड होस्, कालो गोरो, होचो अग्लो जस्तो भएपनि हुन्छ ।
सेक्स के रैछ त ?
सुनेको छु, बुझेको छु । केही चलचित्रमा त्यस्ता सिनहरु देखेकी पनि छु तर त्यस्तै चलचित्र भने हेरेकी छैन । स्कुलदेखि नै यो बारे पढ्दै आइयो यसैले बुझेकी छु । यही नै हो भन्ने त के छ र ।
 
बिहेअघिको सेक्सलाई कसरी बुझ्नु हुन्छ ?

हाम्रो समाजअनुसार चल्नुपर्छ । जति नै मोर्डन भएपनि नेपाली समाजमा बिहेअघिको सेक्स स्वीकार्य छैन । समाज जस्तै मलाई पनि । तर कसैले आपसी समझदारीमा गर्छन् भने मेरो भन्नु केही छैन ।
तपाईंको एउटा गोप्य कुरा ?

म बाहिर जति चकचके छु भित्र त्यत्तिकै व्यवहारिक पनि छु ।