• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   नेपाल हङकङसँग पराजित, इमर्जिङ टिम्स एसिया कप खेल्नबाट बञ्चित ★   निर्वाचनअघिको गठबन्धन गलत हुँदो रहेछः महामन्त्री शर्मा ★   तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रह बस्ने धम्की ★   महिन्द्र राय यादवको आरोपः बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो ★   ओलीप्रति माधव नेपालको टिप्पणीः अरुलाई चुनौति दिने काम नगरौँ ★   नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य ★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

रोनाल्डोकी गर्लफ्रेन्ड इरिना बलिउडमा



सबैभन्दा महंगा फुटबल खेलाडि क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेन्ड इरिना छिट्टै बलिउड चलचित्रमा देखिने भएकी छन् । उनी जर्मन मोडल हुन् । अँग्रेजी पत्रिका ‘मिड डे’का अनुसार इरिना केही दिन अघि भारतको एक फेशन शो को सिलसिलामा मुम्बई गएकी थिइन् । त्यहाँ उनको केही चलचित्रकर्मीसँग छलफल भयो । कतिपयले उनलाई बलिउड चलचित्रमा खेल्न प्रस्ताव राखे र उनले पनि काम गर्न इच्छा देखाइन् ।

अँग्रेजी पत्रिका ‘मिड डे’का अनुसार उनलाई हिन्दी चलचित्र राम्रो लाग्छ । उनले ‘स्लमडग मिलेनियर’ नामक फिल्म पाँचपटकसम्म हेरेकी थिइन् । जर्मन ब्युटी इरिनाले यसअघि ‘हरक्युलिस’ नामक हलिउड फिल्ममा काम गरिसकेकी छन् । उनले प्रख्यात अन्तराष्ट्रिय पत्रिकाका कभर पेजमा पनि स्थान पाएकी छन् । अन्तराष्ट्रिय मोडल इरिना र रोनाल्डोको करिब तीन बर्षदेखि अफेयर चल्दै आएको छ ।