२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलो रिलिजको मौका पायो ‘लोफर’ले



अ+ अ-

काठमाडौं, १८ मंसिर – 

मंसिर २१ गतेदेखि चलचित्र ‘लोफर’  करिब एक सय पर्दामा सोलो रिलिज हुँदैछ । अर्थात् ‘लोफर’ रिलिज हुने दिनमा कुनै पनि नेपाली चलचित्र रिलिज हुने छैनन् । काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा छवि सम्मिलित एफडी कम्पनीले ‘लोफर’ प्रदर्शनको जिम्मा लिएको छ । सोलो रिलिजको मौका कसरी मिल्यो ? निर्माता ओझाले सबै फिल्म सम्वद्ध संघ संस्थाको सहयोगले आफ्नो फिल्मलाई सोलो रिलिजको मौका मिलेको प्रतिक्रिया दिए ।

 

निर्माता ओझाले निर्माण गरेको चलचित्र  पहिलो पटक सुविधा सम्पन्न मल्टीप्लेक्स स्टेशनमा प्रदर्शन हुँदैछ । सिङगल स्क्रिनका सफल निर्माता ओझा मल्टीप्लेक्समा पनि सफल होलान् ? मंसिर १८ गते चलचित्र बारे जानकारी गराउन प्रेस सोको आयोजना गर्ने बताउँदै छविले भने- ‘चलचित्र राम्रो बनेको छ । म सफल हुनेमा ढुक्क छु ।’

 

अन्य फिल्म प्रतिस्पर्धामा उत्रिंदा समेत घाटा नबेहोरेको छविको फिल्मले सोलो रिलिजको पाउँदा कस्तो व्यापार गर्छ ? प्रतिक्षा गर्रौ । आदित्य विक्रम लम्साल निर्देशित ‘लोफर’मा आर्यन सिग्देल, दयाह्याङ राई,  रजनी केसी, कमलमणी नेपाल, सुशिलराज पाण्डे लगायतको अभिनय रहेको छ ।