१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिन्दबसिनी मुजिक अवार्ड आज हुँदै



अ+ अ-

काठमाडौँ, २१ मंसिर  –  

सदाका बर्ष झैँ यो पटक पनि बिन्दबसिनी मुजिक अवार्ड आज राजधानी स्थित आर्मी अफिर्सस कल्ब मा दिउसो ३.३० बाट हुदैछ । भब्य र शब्य समारोह बीच हुने अवार्ड को तैयारी पुरा भैसकेको बुझिएको छ । यसवर्षको बिन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभ्मेन्ट अवार्ड बरिष्ठ संगीतकर्मी अम्बर गुरुङ लाइ र बिन्दबसिनी कला पत्रकारिता पुरस्कार चलचित्र पत्रकार संघ का अधक्ष्य बिदुर लाइ प्रदान गरिने भएको छ । गुरुङलाई नगद ५१ हजार १ सय ५१ रुपैयाँ र  अधक्ष्य गिरि लाइ नगद रु २५ हजार ५२५  बाट समान र पुरस्कृत  गरिने भएको छ  । तेश्रो संस्करणमा भन्दा यसपाली ३ विधा थप गरिनुका साथै भने रेड कार्पेट विशेष पनि थपिएको आयोजकले जनाएको छ । उतक्रिस्ट ५ मनोनयन सार्बजनिक गरि मनोनयनमा परेकामध्येबाट निर्णायकको ५० प्रतिशत, एसएमएसको ४५ प्रतिशत र लोकप्रियताको आधारमा ५ प्रतिशत अंक जोडेर सर्वोत्कृष्ट चयन गरिने जनाइएको छ ।

अवार्ड दिइने विधाहरु

१  सर्वोत्कृष्ट गीत,

२   सुगम संगीतका गायक गायिका,

३  सर्वोत्कृष्ट संगीत,

४  सर्वोत्कृष्ट म्युजिक कम्पनी,

५ सर्वोत्कृष्ट म्युजिक ध्वनि मुद्रण,

६ म्युजिक भिडियो निर्देशक,

७ म्युजिक भिडियो छायाँकार,

८ लोक दोहोरी गायक,

९ लोक दोहोरी गायिका,

१० सर्वोत्कृष्ट लोक दोहोरी रचना,

११ सर्वोत्कृष्ट लोक दोहोरी भाका,

१२ चलचित्र गीतकार संगीतकार,

१३ राष्ट्रिय भावनाको गीत