• २३ असार २०७९, बिहीबार
  •      Thu Jul 7 2022
Logo
Latest
★   भैरहवा क्षेत्रका उद्योगले मागेजति बिजुली उपलब्ध गराउन संरचना तयार ★   काठमाडौँ उपत्यकाको सुरक्षा: प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने ★   ‘कप्तान नगरकोटीका उपचारमा कमी हुँदैन’ ★   एक हप्ताभित्र प्रगति विवरण बुझाउन माओवादी मन्त्रीहरुलाई प्रचण्डको निर्देशन ★   ‘नागरिकता विधेयक फिर्ता ल्याएर राष्ट्रिय सहमतिमा पास गर्नुपर्छ’ ★   कमल थापाको राप्रपा नेपालका विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष, महासचिव नै लिङ्देनको राप्रपामा ★   माओवादी केन्द्रीय समिति बैठक: एमसीसीबारे चुनावपछि बहस ★   माओवादीले स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने ★   अनौपचारिक र स्वरोजगार श्रमिक सामाजिक पनि सुरक्षाको दायरामा ★   वैदेशिक रोजगारीको प्रलोभन दिई ठग्ने पक्राउ

शुरु भयो ‘लोफर’को सार्वजनिक प्रदर्शन



काठमाडौँ, २१ मंसिर  –  

आजबाट एउटा बहुप्रतिक्षित चलचित्र ‘लोफर’ रिलिज हुँदैछ ।  यो चलचित्र रेखा थापासँग छुट्टिएर छविराज ओझाले बनाएको पहिलो फिल्म हो, त्यसमा पनि सिंगल थिएटरका दर्शकका लागि फिल्म बनाउने छवि यसपटक मल्टिप्लेक्सतिर हान्निएका छन् । त्यसैले उनको मल्टिप्लेक्स यात्रा कतिको सुखद हुनेछ, यो चलचित्रको व्यापारमा निर्भर छ । अर्कोतिर आर्यन सिग्देल अभिनित पछिल्ला चलचित्रहरुले राम्रो व्यापार नगरेकोले ‘लोफर’ले उनको करिअरमा ठूलो प्रभाव पार्ने देखिएको छ। आर्यनलाई छविले नै ‘किस्मत’बाट रजतपटमा भित्र्याएका थिए।

त्यसपछि उनले आर्यनलाई ‘कसले चोर्‍यो मेरो मन’ र ‘हिफाजत’मा काम गराए। दुवै चलचित्र हिट भयो तर त्यसपछि रेखासँग आर्यनको मनमुटाव भएपछि छविले चाहदा–चाहदै पनि आर्यनलाई आफ्नो फिल्ममा राख्न सकेका थिएनन्।  दुर्भाग्यवस त्यसपछि अन्य ब्यानरका आर्यनका प्राय: सबै चलचित्र असफल भए। त्यसैले निर्माता छवि, नायक आर्यन, निर्देशक आदित्यविक्रम लम्साल र नायिका रजनी केसी सबैको लागि ‘लोफर’को व्यापार निकै अर्थपूर्ण छ। लम्साल र रजनीको यो पहिलो फिल्म हो।

सेन्सर बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको ‘लोफर’ देशभरका १०० भन्दा बढि हलहरुमा एकसाथ रिलिज हुने निर्माता छविराज ओझाले जानकारी दिएका छन् । चलचित्रमा आर्यन र रजनीसँगै दयाहाङ राई, कमलमणी नेपाल, सुशीलराज पाण्डेलगाएतका कलाकारको कलाकारको अभिनय रहेको छ ।