११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आस्का सिन्हा भइन् मिस वीरगन्ज



अ+ अ-

 

पर्सा, २३ मंसिर –

वीरगन्जमा पहिलोपटक आयोजना गरिएको ‘सालिमार मिस वीरगन्ज २०१३’ को उपाधि वीरगन्जकी आस्का सिन्हाले हात पार्न सफल भएकी छन् । नेप्शयुनले शनिबार राति वीरगन्जको स्वीमिङ्गपुल परिसरमा आयोजना गरेको ‘सालिमार मिस वीरगन्ज २०१३’ मा सहभागी १४ जना प्रत्यासीलाई पछाडि छाड्दै सिन्हाले उपाधी हात पारेकी हुन् ।

प्रतियोगितामा उपाधि विजेता सिन्हालाई वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं सालिमार गु्रपका अध्यक्ष अशोककुमार बैद्यले मिस वीरगजको ताज पहिराउनुभयो । प्रतियोगितामा दोश्रो अनिता पौडेल र तृतीय श्वेता श्रेष्ठले हात पार्न सफल भएको आयोजकले जनाएका छन् । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले ताज लगाउनु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले यस्ता प्रतियोगिताहरुले युवा पुस्तालाई उनीहरुमा भएको प्रतिभाको प्रस्फूटन गर्न सहयोग पुग्ने बताउनुभयो । नेपालको पहिलो मिस नेपाल वीरगन्जकी रुवि राणा भएकी थिइन् ।