२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मोक्ष’लाई ‘युनिभर्सल सर्टिफिकेट’



अ+ अ-

काठमाडौं,  २४ मंसिर –

संगीत जीवनलाई पृष्ठभूमी बनाएर निर्माण गरिएको साँगितिक चलचित्र ‘मोक्ष’लाई चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)ले केहि संवाद र दृश्यमा कैंची चलाउँदै ‘युनिभर्सल सर्टिफिकेट’ दिएको छ । अब यो चलचित्रलाई सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउने छन् ।

प्रविन श्रेष्ठ निर्देशित ‘मोक्ष’ माघ २४ गते अल नेपाल प्रदर्शन हुँदैछ । चलचित्रमा कोसिश क्षेत्री, वेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, दुर्गा बराइली, बसन्त भट्ट, विशाल ढुङ्गाना, सपना श्रेष्ठको मुख्य भूमिका छ । संजीव सिंह, नवक्रान्ती, प्रवीण श्रेष्ठ र रकशाष्त्रले फिल्ममा संगीत दिएका छन् । हरी हुमागाइँ, प्रताप सिंह र रविन श्रेष्ठको ‘मोक्ष’मा सिनेम्याटोग्राफी छ ।

मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्म्सको संयुक्त व्यानरमा निर्माण गरिएको यो चलचित्रका निर्माता सुनिल मानन्धर हुन् । ‘हरेकका जीवनमा संघर्ष हुन्छ । चलचित्रका पात्र पनि एकखाले संघर्षबाट माथि आउन मुक्ति अथवा मोक्ष खोजिरहेका हुन्छन्,’ यस्तै थिम बोकेको बताउने निर्देशकले थपे- ‘मोक्ष वास्तविक घटनामा आधारित म्युजिकल चलचित्र हो ।’