११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘पुन्टे परेड’ निर्माणको घोषणा



अ+ अ-

काठमाडौं, २६ मंसिर- 

किशोराअवस्थामा देख्ने सपनाहरूलाई मुख्य बिषय बनाएर ‘पुन्टे परेड’ नामक चलचित्र निर्माणको घोषणा गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रममा विच संयम पुरीलाई लिएर ‘पुन्टे परेड’ निर्माणको घोषणा गरिएको हो । ‘पुन्टे परेड` हरेक मानिसको किशोराअवस्थाको ऐना हो,’ फिल्मका निर्देशक सुवास कोईरालाले भने- ‘आफ्ना कल्पनालाई यथार्थमा उतार्न किशोरकिशोरीले गर्ने प्रयासलाई फिल्ममा कमेडी तरिकाले प्रस्तुत गरिनेछ ।’  निलु डोल्मा शेर्पाको कन्सेप्टलाई शान बस्न्यातले कथाको रूप दिएको ‘पुन्टे परेड’लाई हरि महतले निर्माण गर्दैछन् ।

 

आगामी सोमबारबाट राजधानीमा सुटिङ शुरू गरिने यस चलचित्रलाई निर्माणमा क्षेत्र श्रेष्ठ, सन्तोष कुम्बा, जयराम परियार र राजकुमार पटेलले साथ दिंदैछन् । यसै चलचित्रबाट नयाँ अनुहार एञ्जिला दाहालले संयम पुरीसँग चलचित्रमा देखिने छिन्  । यस्तै चलचित्रमा नट्टु शाह, रबिन्द्र खड्का, गीता अधिकारी, स्वेता थापा लगायतको अभिनय रहनेछ । अभिनेत्री प्रियंका कार्कीको बिशेष भूमिका रहने जानकारी गराईयो । ‘पुन्टे परेड’लाई बाबु थापाले खिच्दैछन् भने संगीत तारा प्रकाश लिम्बु र टेकनन्द लामाको रहनेछ । उज्जवल ढकालले चलचित्र सम्पादन गर्नेछन्  ।