• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

नायक जीवन लुईटेललाई पुत्रलाभ



काठमाडौं , ३० मंसिर- 

नायक जीवन लुईटेललाई पुत्रलाभ भएको छ । शनिबार राति सवा एघार बजे जीवनकी जीवनसाथी अञ्जलीले छोरालाई जन्म दिएकी हुन् । बसुन्धराको इशान बाल अस्पतालमा रहेका नायक  लुईटेलले आमा र छोराको अवस्था सामान्य रहेको बताए । तथापी उनले निर्धारित समयभन्दा एक महिना अगाडी छोरा जन्मेकाले तौल कम भएका कारण बच्चालाई हाल एनएमसियूमा राखिएको बताए । छोरालाई करिब एक साता अस्पतालमा नै राखिने जीवनले बताए । काठमाण्डौ निवासी अञ्जलीसँग प्रेम बिबाह गरेका जीवनले ६ बर्ष पश्चात छोरा जन्माएका हुन् ।