• २० असार २०७९, सोमबार
  •      Mon Jul 4 2022
Logo
Latest
★   सिंहदरबार वैद्यखानाका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन ★   राज्य र निजी क्षेत्रबीचको सहकार्यले मात्र सम्मृद्धि सम्भव छ, वरिष्ठ उपाध्यक्ष ढकाल ★   ठाउँको अभावमा आलोपालो गरी सुत्छन् कैदीबन्दी ★   भिमादका एक सय बढी घरधुरी उच्च जोखिममा ★   एकीकृत समाजवादीले बागमती छोडेर सुदूरपश्चिम दाबी गर्ने ★   जसपाले मन्त्री हेरफेर गर्दै, नयाँ मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाइयो ★   प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने ★   हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन ★   दशरथचन्द राजमार्ग सञ्चालनमा ★   मधेस प्रदेशमा पुन: ‘छोरी शिक्षा बीमा’ सुरु

तौलिहवामा नेपथ्यको साङ्गीतिक अभियान सम्पन्न



कपिलवस्तु, ३० मंसिर- 

नेपथ्य समूहको ‘शान्तिका लागि शिक्षा’ साङ्गीतिक अभियान कपिलवस्तुको सदरमुकाम तौलिहवामा शनिबार सम्पन्न भएको छ ।नेपालयको संयोजनमा भएको सो साङ्गीतिक अभियान ६०० भन्दा बढी दर्शकको उपस्थिति र उल्लासमय माहोलबीच सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघको आयोजना भएको सो कार्यक्रममा नेपथ्य समूहका अमृत गुरुङको एकल साङ्गीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रममा टिकट बिक्रीबाट रु तीन लाख बढीको आम्दानी भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।यही मङ्सिर २१ गते चितवनको रत्ननगरबाट सुरु सो अभियान तौलिहवामा ५औं कार्यक्रमको रूपमा सम्पन्न भएको छ । पुस १४ गते ललितपुरको पाटनमा यात्राको समाप्ति हुने आयोजकले जनाएका छन् ।कार्यक्रममा कपिलवस्तुका साथै भैरहवा, बुटवल, पाल्पा, परासी, अर्घाखाँचीलगायतका स्थानबाट सांस्कृतिक कार्यक्रम हेर्नका लागि दर्शकको घुइँचो लागेको थियो ।