२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘वान वे’ को फष्टलुक सार्वजनिक



अ+ अ-

काठमाण्डौ, ३ पुस –

चलचित्र ‘वान वे’ को फष्टलुक सार्वजनिक भएको छ । आर.सी पिक्चर्सको निर्माणमा तयार भएको चलचित्रको फष्टलुक आम नेपाली चलचित्रको पोष्टर भन्दा भिन्न देख्न सकिन्छ। निर्माणपक्षले ‘वान वे’लाई पुस्तान्तरको कथा भनेको छ। ‘यो घाम झै पूर्वमा झुक्लेर पश्चिममा अस्ताउँदैन । यो भुमन्डलीकरण झै पश्चिममा झुल्केर पूर्वमा अस्ताउँछ ।’ जारी बिज्ञप्तीमा जनाइएको छ ।

 

चलचित्रमा लेखन तथा निर्देशन सुरज सुब्बा ‘नाल्बो’को , लेखन प्रदिप भट्टराइको, छायांकन दिपेन्द्र प्रसाद थपलिया र टेकबहादुर राइको छ । राजकुमार राइले निर्माण गरेको यो चलचित्रमा सिद्धार्थ गुरुङ, माला सुब्बा, रोबिन तामाङ, करिश्मा मानन्धर, विल्सन विक्रम राई, आकाश खवास, भानु प्रताप लगायतका कलाकारले अभिनय गरेका छन् ।