३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक हिनामिनाको विषयले काँग्रेसको अष्ट्रेलियास्थित भ्रातृ संगठन विभाजनको संघारमा



अ+ अ-

सिड्नी, ३ पुस – संविधानसभा निर्वाचनमा तनहु क्षेत्र नम्बर दुइबाट नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेल विजयी भए । तर उनलाई जिताउन भूमिका खेलेको काङ्ग्रेस भातृ संगठन जन सम्पर्क समिति अष्ट्रेलिया भने यसकै कारण विभाजित भएको छ ।

बाहिर आर्थिक अनियमितताको चर्चा गरिए पनि अष्ट्रेलियामा रहेर पौडेललाई विजयी गराउन भूमिका खेलेको अभियोगकै आधारमा केही सदस्यहरुलाई उक्साए आफ्ना विरुद्ध नियोजित प्रचार गराइएको सिटौलाको आरोप छ । सुरेश गुरुङ्ग समुहले सिटौलालाई निलम्बन गरिएको बताएपनि बहुमत आफैसँग रहेकोे सन्तोष सिटौलाले दावी गरे ।

आर्थिकको त लेखाजोखा नै छैन
गएको संविधानसभा निर्वाचनमा नेपाली काङ्ग्रेसलाई जिताउन विश्वका विभिन्न देशबाट सहयोग भए पनि त्यसको कुनै लेखाजोखा नभएको काङ्ग्रेस नेताहरु नै स्वीकार गर्छन् । निर्वाचनमा उठेका उम्मेद्वारहरुले सकेको उठाउने र आफ्नै ढंगले परिचालन गर्ने गरेकाले त्यसको कुनै छानविन हुन नसकेको बताइन्छ । तर पनि सन्तोष सिटौलाले समितिको तर्फबाट नै सहयोग गरेका थिए । संविधानसभा चुनावका लागि दश लाख रुपिँया पठाएको भन्दै नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव चिनकाजी श्रेष्ठले धन्यवाद ज्ञापन समेत गरेका छन् ।


तर असन्तुष्ट पक्षले भने सिटौलाबाट २६ लाखको आर्थिक हिनामिना भएको दावी गर्दै उनीमाथि कारवाही गरी सुरेश गुरुङलाइ कार्यबाहक अध्यक्ष घोषणा गरेको छ ।
तर अध्यक्ष सिटौलाले रकम अनियमितता नभएको दावी गर्दै गलत प्रचार गर्नेहरुलाई स्पष्टीकरण दिन एक हप्ताको समयसीमा तोकेका छन् । उनले सवै प्रजातन्त्रवादीहरुलाई एक हुन आव्हान गरेका छन् ।
सन् २०१३ मा अष्ट्रेलिया भ्रमण गर्ने नेपाली काङ्ग्रेसका नेताहरु डा. शशांक कोइराला, गगन थापा लगायतको व्यवस्थापनको जिम्मेवारी समेत सिटौलाले लिएका थिए । तर असन्तुष्ट पक्षकोनेतृत्व गरिरहेका सुरेश गुरुङले भने विज्ञप्ती नै निकालेर आर्थिक अनियमितता भएको दावी गरेका छन् ।

 

पाँच बर्ष पुग्नै लाग्दा विवाद छताछुल्ल
नेपाली काँग्रेसको भातृ संगठनको रुपमा जनसम्पर्क समिति अष्ट्रेलिया १९ जुलाई २००८ मा अष्ट्रेलियामा दर्ता भएको थियो । समिति सुरु भएको पाँच बर्ष पुग्न लाग्दा एकले अर्कोलाई विभिन्न आरोप लगाउँदै समिति विभाजन भएको हो । जनसम्पर्क समिति अष्ट्रेलियाको दोश्रो अधिवेशनवाट खगेन्द्र सिटौला ‘सन्तोस’ सभापति निर्वाचित भएका थिए । अहिले तेस्रो अधिबेशनको तयारी भैरहेको छ । तत्काल अबिधेशन भएमा सिटौलाको पक्षमा बहुमत रहेको उनी निकटहरु बताउछन् ।

विवादको श्रृङ्खला

सभापतिलाई कारवाही गरिएको बेहोराको पत्रमा कार्यबाहक अध्यक्ष घोषणा गरिएका गुरुङले सिटौलाबाट संघठनको आर्दश, सिद्धान्त एवं मुल्य र मान्यता अनुरुप संस्थालाई अगाडी बढाउन नसकेको आरोप लगाएका छन् । उनले संस्थाको खातामा रहेको सदस्यता वापतको रकम मध्ये २६ लाखभन्दा बढी कार्यसमितिको जानकारी बिना कोषाध्यक्षको कृते हस्ताक्षर गरी आफू खुसी झिकेको देखिएको आरोप समेत लगाएका छन् । गुरुङले १५ डिसेम्बर २०१३ मा बसेको कार्यसमितिको बैठकले सिटौलालाई अध्यक्ष पदबाट निलम्बन गरेको जिकिर गरेका छन् ।

अहिले अष्ट्रेलियामा काङ्ग्रेस निकट जनसम्पर्क समितिको तेस्रो अधिवेसनको तयारी आपसी विवादका कारण हाल स्थगित छ । तेस्रो अबिधेशनका लागि सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि परेको आवेदन उपर हाल छानविन चलिरहेकोछ
कार्यसमितिको बैठकको हवाला दिदै संस्थाको हिसाव कितावको छानविन तथा जनसम्पर्क समिति काम कारवाहीहरुलाई नियमित अगाडी बढाउन उपाध्यक्ष सुरेस गुरुङलाई कार्यवाहक अध्यक्ष तोकेको विद्रोही पक्षले बताएको छ । तर सभापति सिटौलाले विज्ञप्ती निकालेर सभापतिले कसैलाई पनि कार्यबाहकको लागि मनोनित नगरेको उल्लेख गरेका छन् । उनले विज्ञप्तीमा संस्थाको छवीलाइ नै धरासायी बनाउने उद्देश्यले भ्रामक, हास्यास्पद दुष्प्रचार गरिएको भन्दै खेद प्रकट गरिएको छ । सिटौलाले यस्तो दुस्प्रचारबाट अष्ट्रेलियामा बस्ने प्रजातन्त्रवादीहरुलाई कुनै असर नपर्ने दावी पनि गरेका छन् । उनले जानेर वा नजानेर, बुझेर वा नबुझेर, थाहा पाएर वा नपाएर वा कसैको करकापमा परेर यस्तो भ्रामक प्रचारमा लाग्नेहरुलाई एक हप्ताभित्र लिखित स्पष्टीकरण दिन आग्रह गर्दै अन्यथा कारवाही हुने चेतावनी समेत दिएका छन् ।

नेपालको असर अष्ट्रेलियासम्म
नेपालमा भएको संविधानसभा निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी भएपछि सरकारको नेतृत्व गर्न काङ्ग्रेस तम्तयार छ । यसअघि काँग्रेसभित्र सरकार बने लगत्तै विवाद सुरु हुने गरेकोमा यसपटक भने सरकार बन्ने सुरसार नहुँदै विवाद चुलिन थालेको देखिन्छ । शीर्ष नेताहरुले पार्टीभित्र आफ्नो बहुमत पुर्याउने बाटो खोजिरहेका छन् । आन्तरिक शक्ति सन्तुलनको वर्तमान अवस्थामा सभापति सुशील कोइरालाले सबैलाई मिलाएर जानसक्ने देखिदैन । समानुपातिक सभासद चयनदेखि नै संसदीय दलको नेतामा जोड घटाउका खेलहरु भैरहेका छन् । पार्टीभित्रकै एउटा नेताले अर्को नेताको खुट्टा तान्ने प्रवृृत्ति बढ्दै गएको छ । सुशील कोइराला, शेर बहादुर देउवा र रामचन्द्र पौडेल तिनै जनाले आगामी सरकारको नेतृत्व आफैले गर्ने आकाँक्षा देखाइरहेका छन् । उता अष्ट्रेलिया काँग्रेसको नेतृत्वका प्रत्यासीहरु खगेन्द्र सिटौला, दिनेश जोशी र सुरेश गुरुङ्ग थिए । उनीहरुबीचको विवादका कारण अष्ट्रेलियाको पार्टी समेत छिन्नभिन्न हुने अवस्थामा पुगेको छ ।