• २० मंसिर २०७९, मंगलवार
  •      Tue Dec 6 2022
Logo
Latest
★   दशगजालाई नै असर पर्ने गरी भारतको पर्खाल ★   मन्त्रिपरिषद् बैठक: मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्नुपर्ने तीन मन्त्रीको धारणा ★   गाडी ,मोटरसाइकल, मोबाइल, मदिरा को आयात खुल्ला ★   प्रधानमन्त्री देउवाले सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने ★   राष्ट्रिय दल बन्न नेकपा एसलाई साढे १८ हजार मत पुगेन ★   महाकाली घटनाबारे नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’ ★   रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट ★   चिया पनि ‘चक्लेटी’ स्वादमा ★   राम्रो कामका लागि गण्डकी प्रदेशमन्त्री गुरुङबाट सिक्नुपर्दछः महासचिव भुसाल ★   वीरगन्जमा रचियो सभ्य र भब्य कन्सर्टको इतिहास– तस्बिरहरु

कतै नहुने त होइन नेफ्टा अवार्ड ?



काठमाडौँ, ७ पुस । 

मलेसियामा सम्पन्न गरिने भनिएको नेफ्टा अवार्डको मिति स्थगित भएको छ । पहिले नेफ्टा अवार्डलाई कार्तिक २३ गते सम्पन्न गरिने जानकारी थियो । दोस्रो पटकको डिसेम्वर २५ अर्थात क्रिसमस डेका दिन मलेसियामा सम्पन्न हुने भनियो । तर त्यो डेटमा पनि नेफ्टा अवार्ड नहुने भएको छ । यद्पी अवार्डको नयाँ मिति तोक्न र व्यवस्थापनको अनुगमन गर्न नेफ्टा टोली पुस ६ गते शनिबार मलेसिया तर्फ उडेको छ । टोलीमा जुरी सदस्य सुनिल थापा, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, संघका उपाध्यक्ष प्रकाश महरा र सदस्य शंकर छन् ।

 

 

अध्यक्ष मनोज केसीले अवार्डको तेस्रो मिति चाँडै नै तय गरिने बताएका छन् । अवार्डको मिति सर्दै जाँदा कतै नेफ्टा अवार्ड नहुने त होइन ? भन्ने प्रश्नमा अध्यक्ष मनोज केसीले भने टाउकोले टेकेरै भएपनि मलेसियामा अवार्डलाई सम्पन्न गर्ने दाबी गरे।