२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिस नर्स नेपाल२०७०’को अडिसन सम्पन्न



अ+ अ-

काठमाण्डौ, ८ पुस ।

‘मिस नर्स नेपाल २०७०’ को अडिसन काठमाण्डौंमा सम्पन्न भएको छ । ‘नेक्स्ट मोडल नेपाल’को आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा हुन लागेको  ‘मिस नर्स नेपाल २०७०’ माघ ११ गते काठमाण्डौंमा हुने  छ । अडिसनको पहिलो चरणमा काठमाण्डौमा ३५ जना सुन्दरी नर्सहरुले भाग लिएको आयोजक नेष्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए । देशभरबाट छनौट भएका ३० जना नर्सहरु बिच अन्तिम प्रतिस्पर्धा हुनेछ । नर्सहरुलाई पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन मिस नर्स नेपालको आयोजना गर्न लागिएको स्वास्थ्य खबरपत्रिकाका बजार निर्देशक बुद्धि कटेलले बताए ।

देशका प्रमुख शहरमा गरिने अडिसनबाट छनौट भएका ३० उत्कृष्ट प्रतियोगिबीच अन्तिम प्रतिष्पर्धा गराएर मुख्य उपाधी सहित १२ विभिन्न विधामा पुरस्कृत गरिनेछ । प्रतियोगितामा टाईटल उपाधी सहित, मिस ब्यूटिफुल, बेस्ट स्माईल, मोष्ट डिसिप्लेन, बेष्ट हेयर, बेस्ट स्कीन, बेष्ट पर्सनालिटी, मोष्ट चार्मिङ, मिस फोटोजेनिक, मोष्ट ट्यालेन्ट, बेष्ट ड्रेस, मिस क्याटवाक र मोष्ट पपुलर विधामा पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उपाधि विजेताले ५० हजार नगदसहित नेपाल र अष्ट्रेलियामा अध्ययन छात्रवृत्ति पाउनेछन् ।