४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

चार महिनाका उत्कृष्ट ५ नायकहरु

चार महिनाका उत्कृष्ट ५ नायकहरु
अ+ अ-

काठमाडौं, ८ पुस । 

नेपाल चलचित्र विकास कम्पनी (एनएफडिसी) ले आयोजना गर्दै आएको “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार” को दोस्रो संस्करण “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७०” को प्रारम्भिक मनोनयन भाग २ सार्वजनिक गरिएको छ । हरेक ४/४ महिनामा सार्वजनिक गरिने प्रारम्भिक मनोनयन २०७० भाद्र १ देखि मंसिर मसान्त सम्म सार्वजनिक प्रदर्शनमा आएका कुल २९ चलचित्रको मुल्यांकन गरिएको छ । १७ बिधाका लागि सार्वजनिक मनोनयन अन्र्तगत शिब सर्वोत्कृष्ट अभिनेताको बिधामा मधुमासबाट आर्यन सिग्देल, मौनबाट अर्पण थापा, लोफरबाट दयाहाङ राई, ढुवानीबाट किशोर खतिवडा र ग्याम्बलरबाट सुमन सिंह मनोनयनमा छन् । भुवन सर्वोत्कृष्ट अभिनेत्रीका लागि कोही त छ बाट झरना थापा, मौनबाट नम्रता श्रेष्ठ, उर्वशीबाट नीता ढुङ्गाना, कालीबाट रेखा थापा र स्टारबाट सुमिना घिमिरे बिच प्रतिष्पर्धा हुनेछ ।

 

प्रकाश सर्वोत्कृष्ट निर्देशकको बिधामा होस्टेलबाट हेमराज वि.सी., ढुवानीबाट पिताम्बर पाण्डे, मौनबाट सुरज भुषाल, मधुमासबाट सुदर्शन थापा र कालीबाट सविर श्रेष्ठ मनोनयनमा परेका छन् । यस्तै हिरा सर्वोत्कृष्ट चलचित्रको बिधामा दुर्गिस फिल्मस्को होस्टेल, कविता फिल्मस्को ढुवानी, क्वार्क फिल्म एण्ड आकाश आदीत्य इन्टरटेनमेन्टको मौन, फ्राइडे फिल्मस् को मधुमास र रेखा फिल्मस्को काली उत्कृष्ट ५ को मनोनयनमा छन् । यस्तै नीर सर्वोत्कृष्ट सहअभिनेताको बिधामा होस्टेलबाट गौरव पहारी, मधुमासबाट मनोज आर.सी., राजनीतिबाट रमेश बुढाथोकी, लोफरबाट सागर लम्साल र सौर्यबाट सौगात मल्ल मनोनयनमा छन् ।

 

यता वसुन्धरा सर्वोत्कृष्ट सहअभिनेत्रीको बिधामा उत्कृष्ट ३ को मात्र मनोनयन सार्वजनिक गरीएको छ । जसमा उर्वशीबाट अरुणिमा लम्साल, राजनीतिबाट पवित्रा आचार्य र मधुमासबाट शिवाङ्गनिी राणा मनोनयनमा परेका छन् । यस्तै विश्व सर्वोत्कृष्ट नवअभिनेताको बिधामा पनि ४ जना मात्र मनोनयनमा छन् । जसअन्र्तगत होस्टेलबाट अनमोल के.सी., सौर्यबाट अनुपविक्रम शाही, उर्वशीबाट किशोर श्रेष्ठ र होस्टेलबाट सलोन बस्नेत छन् ।

 

चैत्य सर्वोत्कृष्ट नवअभिनेत्रीको मनोनयनमा हाम्री चेलीबाट अञ्जु निरौला, राजनीतिबाट कोमल वली, होस्टेलबाट प्रकृति श्रेष्ठ, मधुमासबाट पूजा शर्मा र ढुवानीबाट सगुन शाही रहेका छन् । राष्ट्रिय चलचित्र पुरस्कार २०७० को प्रारम्भिक मनोनयन भाग २ अन्र्तगत चेतन सर्वोत्कृष्ट पटकथा लेखनका लागि मौनबाट अर्पण थापा, हाम्री चेलीबाट मनिष पन्थ, मधुमासबाट दिनेश न्यौपाने र अविनाश बिक्रम शाह, होस्टेलबाट हेमराज बिसी र ढुवानीबाट पिताम्बर पाण्डे रहेका छन् ।

 

यस्तै भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशकको बिधामा ढुवानीबाट देव महर्जन, वार, बाउन्सर र ग्याम्बलरबाट हिमाल केसी र कालीबाट रोशन श्रेष्ठ मनोनयनमा छन् । हिमाल एकै बिधाका लागि ३ चलचित्रबाट मनोनयनमा परेका हुन । मञ्जु सर्वोत्कृष्ट छायाँकारको बिधामा उर्वशीबाट दीव्य सुबेदी, मधुमासबाट दीपक बजाचार्य, होस्टेलबाट हरि हुमागाई, ढुवानीबाट पुरुषोत्तम प्रधान र मौनबाट सञ्जय लामा मनोनयनमा छन् ।

 

यता तुलसी सर्वोत्कृष्ट सम्पादकका लागि कालीबाट बनिष शाह र अर्जुन जि.सी., सौर्यका लागि चन्दन दत्त र बिशाल कोइराला, मौनका लागि निमेश श्रेष्ठ, र होस्टेल र ढुवानीबाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन् । यस्तै प्रदीप सर्वोत्कृष्ट ध्वनी पुनः मुऽणका लागि सौर्यबाट विशेष पाण्डे, कालीबाट मुकेश शाह, लोफरबाट नारायण जोशी र ढुवानी र होस्टेलबाट उत्तम न्यौपाने मनोनयनमा छन् । यस बिधामा उत्तम ढुवानी र होस्टेल दुई चलचित्रबाट परेका छन् ।

 

सर्वोत्कृष्ट संगीतकारको बिधामा चलचित्र राजनीतिको ए हावा र विन्दास २ को सुन्छु तिमीले बोलको गीतबाट अर्जुन पोखरेल, कालीको स्लोली स्लोलीबाट वसन्त सापकोटा, जंजीरको किन गाह्रो गाह्रो बोलको गीतबाट टंक बुढाथोकी र मधुमासको आँटी सक्यो बोलको गीतबाट सुरेश अधिकारी मनोनयनमा परेका छन् । उदित सर्वोत्कृष्ट पाश्र्वगायनका लागि मधुमासको आँटीसक्यो बोलको गीतबाट अञ्जु पन्त, सोही गीतबाट दीपक लिम्बु, कालीको स्लोली स्लोलीबाट मिलन अमात्य, राजनीतिको ए हावा बोलको गीतबाट सञ्जिवनी र बिन्दास २ को सुन्छु तिमीले बोलको गीतबाट शिव परीयार मनोनयनमा परेका छन् ।

 

यस्तै शुभ सर्वोत्कृष्ट पाश्र्व संगीतको मनोनयनमा ग्याम्बलरबाट एलिस कार्की, राजनीतिबाट अमित श्रेष्ठ, होस्टेल र मौनबाट रोहित शाक्य र ढुवानीबाट सुजिल कर्माचार्य छन् ।वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशकको लागि कालीको स्लोली स्लोली र लोफरको एक्कासी दुक्कासी बोलको गीतबाट कविराज गहतराज, मधुमासको आँटीसक्यो बोलको गीतबाट रिनाशा राई, उर्वशीको सजाउँला बोलको गीतबाट बब्बु थापा र ग्याम्बलरको कति खुशी बोलको गीतबाट राजन राई मनोनयनमा परेका छन् । वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशकको बिधामा कविराज गहतराज दुई चलचित्रबाट मनोनयनमा छन् ।