२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बर्ष ताक्दै नेपाली चलचित्रहरु



अ+ अ-

काठमाडौं, ९ पुस । 


नयाँ बर्षमा निक्कै आशा गरिएका ३ चलचित्र बिच भिडन्त हुने देखिएको छ । चलचित्र ‘नोभेम्बर रेन’ ‘नाई नभन्नु ल २’ र ‘आधी बाटो’ नयाँ बर्षको अवसर पारेर दर्शकमाँझ आउने भएका छन्। आर्यन सिग्देल ईन्टरटेन्मेन्ट र सुवास ईन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्र ‘नोभेम्बर रेन’मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्तिम डोल्मा गुरुङको मुख्य भूमिका रहेको छ । यता वान टाईम सिनेमाले निर्माण गरेको ‘नाइ नभन्नु ल २’मा अनुभव रेग्मी, प्रियंका कार्की, सुरज सिंह ठकुरी, सुज्ञानी भट्टराई, जीवन लुईटेल, बर्षा सिवाकोटी, सरोज खनाल, सिताराम कट्टेल ‘धुर्मुस’ लगायतको अभिनय छ । साँगीतिक पारिवारिक प्रेमकथानक यो चलचित्रमा बसन्त सापकोटा र सुरेश गैरेको संगीत छ । चलचित्रका छायाँकार पुरूषोत्तम प्रधान हुन् ।

 

रमेश त्वायना निर्मित चलचित्र ‘आधी बाटो’मा यश कुमार, जेनिशा केसी र सविन श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । साथमा अभिनेत्री अनु शाह, धिरेन शाक्य, रुवी राणा लगायतको अभिनय छ । चलचित्रमा सुरेश अधिकारी र अभिनेता यश कुमारको संगीत छ । सुटिङ सकेर पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘नाइ नभन्नु ल २’ले पहिल्यै प्रदर्शन मिति तय गरेपनि सविर श्रेष्ठको ‘आधी बाटो’ले भने भर्खरै मात्र आफ्नो प्रदर्शन मिति तय गरेको हो ।