४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मिसेस युनिभर्स विजेता नेपाल आउने

मिसेस युनिभर्स विजेता नेपाल आउने
अ+ अ-

नेपालको बहुचर्चित र पहिलो नम्बरको इभेन्ट म्यानेजमेन्ट संस्था इप्लानेटले आयोजना गर्ने मिसेज नेपालको तेस्रो संस्करणमा मिसेस युनिभर्स विजेता क्यारोल लि मिसेज नेपाल युनिभर्स विजेतालाई ताज पहि¥याउन नेपाल आउने भएकी छिन । मिसेज युनिभर्सका लागि नेपाल निर्देशक तथा संस्थाका अध्यक्ष सन्तोष सापकोटाको अनुरोधलाई स्वीकार्दै मिसेज युनिभर्स नेपालको छनौंट चरणको अन्तिम प्रतिष्पर्धाका लागि आगामी फेब्रुअरी २० मा ३ दिनका लागि नेपाल आउँदैछिन् । उक्त तीन दिने नेपाल बसाइमा उनले रक्षा नेपालमा आश्रित बालबालिकालाई भेट्ने छिन् भने मिसेज नेपालका प्रतिष्पर्धीलाई एक घण्टाको घरेलु हिंसाविरुद्धको लागि प्रशिक्षण दिनेछिन् । उनी वर्ष २०१३ का लागि घरेलु हिंसाविरुद्धका लागि विश्व सद्भावना दुतसमेत रहेकी छन् । प्रतियोगिताका लागि क्षेत्रीयस्तरका विजेताको पनि उपस्थिति हुनेछ ।

क्यारोलले मिस युनिभर्स २०१३ मा शीर्ष उपाधिसहित मिस पपुलर स्पेसल अवार्ड जितेकी थिईन् । यो बाहेक उनी मिसेस मलेशिया युनिभर्स २०१३, पूर्व मिस मलेशिया, पार्क रोयल होटल इम्प्लोयी आफ द इयर १९९३, पार्करोयल होटल सेन्ट्रक (अवार्ड फर कर्टसी १९९३ जस्ता विजेता र सम्मानबाट सम्मानित भइसकेकी छिन् । उनी अंग प्रत्यारोपण अभियान २००० मा पनि सरिक भएकी थिईन् । यो कार्यक्रमलाई मलेशियन बुक अफ रेकर्डस्मा समेत सूचीकृत गरिएको छ । जसमा १ हजा ५ सय ८५ जनाले अंग प्रत्यारोपण गरेका थिए ।

इप्लानेट नेपालले सौन्दर्य प्रतियोगिताको इतिहासमा आफ्ना हरेक कार्यक्रममा नयाँ प्रयोग अपनाउँदै हरेक पटक केही न केही नेपालमै पहिलो पटक भनेर आयाम थप्दै आएको छ । २०११ मा मुभि हाउसको भगिनी संस्थाको रुपमा स्थापीत संस्थाले अमेरिकामा बसोबास गर्ने नेपालीलाई लक्षित गरी मिस नेपाल युएसएको प्रारम्भ गरेको थियो । जुन नेपाली संस्थाले अन्तराष्ट्रिय जगतमा आयोजना भएको पहिलो कार्यक्रम थियो र निरन्तर तेस्रो संस्करण सम्पन्न गरिसकेको छ । त्यसैगरी २०१२ मा एउटै स्टेजमा चार कार्यक्रम लिटिल मिस नेपाल, मिस टिन, मिस इन्टरनेशनल तथा मिसेज नेपालको सफल व्यवस्थापन तथा आयोजनागर्न सफल भएको थियो । उक्त कार्यक्रम पनि नेपालमा पहिलोपटक सम्पन्न भएको थियो । यो चारवटा कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाउँदैछ । जसका लागि आवेदन फाराम खुल्ला गरिएको छ । त्यस्तै २०१३ मा अन्तराष्ट्रिय विधामा मुख्य विधासहित अन्य ५ उपाधि नेपालमा सौन्दर्य प्रतियोगिताको इतिहासमा ६ उपाधि नेपाल ल्याउन सफल भई चर्चाको शिखर चुमेको थियो जस अन्तर्गत ‘चिल्ड्रेन अफ द युनिभर्स’ मा
सहभागिता जनाउन पठाएका ४ प्रतियोगीमध्ये रोजा पाण्डेले शिर्ष उपाधिसहित ‘पर्सनालिटी’, पराग काफले ‘ट्यालेन्ट अवार्ड’ तथा अनिसा थापाले ‘स्टार फष्ट रनरअप’ र दिव्यश्वरी भट्टराईले ‘सुपर ग्रेस फष्ट रनरअप अर्वाड’ जितेका थिए । त्यस्तै अमेरिकाको अरुबामा भएको ‘मिसेस युनिभर्स २०१३’ मा सहभागी नेपाली प्रतियोगि ४४ वर्षीया मिना घिमिरेले ४० प्रतियोगीमा ३० लाई पछि पारेर उत्कृष्ट १० मा पर्नसफल हुदै ‘मिसेस इन्टेलिजेन्ट’ विधाको उपाधि अवार्ड चुमेकी हुन भने चीनको सेन्जेन शहरमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस ग्लोब २०१३ मा विभिन्न देशका ६२ सुन्दरीसँगको स्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी रजनी थापाले मिस फिलेन्थ्रोपी विधाको अवार्र्ड जितेकी हुन्।, यस अघि सम्पन्न मिस इन्टरनेशनल विजेता ओशिका न्यौपानेले जर्मनीमा सम्पन्न ४२ औं संस्करण मिस इन्टरकन्टिनेन्टलमा सहभागिता जनाएकी थिइन ।

संस्थाले आफ्नो कार्यक्रमको आयोजनामा मात्र नगरी नेपालका ठूला कार्यक्रमको कुशल व्यवस्थापन गरी सफल कार्यक्रम व्यवस्थापकको परिचयसमेत बनाइसकेको छ । नेपाल टेलिभिजनको एनटीभी नाइट, शुभारम्भ साँझ, ह्याण्डसम नेपाल, जोय पपाया सन ग्ल्याम हण्ट जस्ता ठूला प्रतियोगिताको कुशल व्यवस्थापन गरिसकेको छ ।

संस्थाले यस वर्षको फेब्रुअरीमा चार हप्ता लगातार कार्यक्रम गरी अर्को इतिहास रच्ने तयारी गर्दैछ । यो पटक कार्यक्रममा नयाँ प्रयोग गर्न लागिएको छ । जस अन्तर्गत नेपालमा हुँदै आएका करिब दुई सय सौन्दर्य प्रतियोगितालाई चुनौति दिँदै पृथक ढंगले केही नयाँ र पृथक प्रस्तुतिको तयारी गर्दैछ ।