११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शान्तिको लागि शिक्षा’ अभियानको समापन आज



अ+ अ-

काठमाडौं, १४ पुस । 

पूर्व झापादेखि पश्चिम बर्दियासम्मको यात्रापछि ‘शान्तिको लागि शिक्षा’ अभियानसहित मुलुक भ्रमण गरेको ‘नेपथ्य’ टोली राजधानी फिर्ता आएको छ । टोलीले मंसीर २१ गते चितवनको रत्ननगरबाट थालनी गरेको थियो। त्यसैगरि मोरङको विराटचोक, झापाको दमक, सर्लाहीको लालबन्दी, कपिलबस्तुको तौलिहवा, बर्दियाको गुलरिया, दाङको लमही, तनहुँको आँबुखैरेनी, म्याग्दीको बेनीहुँदै कास्कीको गगनगौंडामा कार्यक्रम देखाएको थियो । सन् २००२ बाट ‘नेपथ्य’ले प्रारम्भ गरेको ‘शान्तिको लागि शिक्षा’को यो पाचौँ श्रृंखला हो । यो श्रृंखलाकै समापनका रुपमा आज आइतबार काठमाडौं उपत्यकाका दर्शकहरुको निम्ति ‘नेपथ्य’ ऐतिहासिक ललितपुर दरवार स्क्वायरमा प्रस्तुत हुँदैछ ।