२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडो र त्राश सँगसँगै हलमा



अ+ अ-

काठमाडौं, १४ पुस ।

जाडो र बलिउड चलचित्र धुम -३ सँग डराएका नेपाली चलचित्रहरु अब बिस्तारै प्रर्दशनमा आउने भएका छन् । आउने शुक्रबार अर्थात पुस १९ गते चलचित्र ‘त्राश’ प्रदर्शन हुने भएको छ । गायक प्रकाश ओझाको निर्माण तथा निर्देशनमा बनेको ‘त्राश’ केही वर्ष अगाडी नै निर्माण भएको चलचित्र हो । चलचित्रमा नायक जीवन लुईटेलका भाई निराजन लुईटेलको साथमा अयुब केसी, अनु शाह, रिया श्रेष्ठ, प्रकाश सुब्बाको साथमा झरना थापाको बिशेष भूमिका रहेको छ । ‘त्राश’ एक्शन शैलीको चलचित्र हो ।

 

निर्देशक ओझाको कथा तथा संगीत रहेको यो चलचित्रमा हिमाल जोशीको सम्पादन, प्रदिप खड्काको द्धन्दनिर्देशन, पूर्नम राईको करियोग्राफी रहेको छ । पटकथा तथा संवाद मौनता श्रेष्ठले तयार पारेको यस चलचित्रलाई रोशन श्रेष्ठले खिचेका हुन् ।