२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पन्दन साँझमा रम्ने भए नेपाली



अ+ अ-

सिड्नी । अष्ट्रेलियामा रहेका नेपालीहरु फेरी अर्को सांस्कृतिक कार्यक्रममा रम्ने भएका छन् । अष्ट्रेलियन नेपाल पब्लिक लिङ्कको आयोजनामा हुने कार्यक्रममा त्यहाँ रहेका नेपालीहरुले रम्ने अवसर पाउने भएका हुन् ।
नेपालको काठमाडौमा रहेका दुःखी, रोगी र असाहायहरुको सयोगार्थ अष्ट्रेलियामा स्पन्दन साँझ कार्यक्रम गर्न लागिएको हो ।
नोभेम्बर २२ तारिख शनिबारका दिन पिटर्सम स्थित १०७ क्रिष्टल स्ट्रेटमा रहेको पिटर्सन टाउन हलमा कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपालमा लोकगीतको क्षेत्रमा हाल सर्वाधिक चर्चामा रहेका पशुपति शर्माका साथै केकी अधिकारी र सुनिता दुलालको प्रस्तुती रहनेछ ।
कार्यक्रममा स्थानीय कलाकारहरुले पनि विभिन्न प्रस्तुती दिने भएका छन् ।
कार्यक्रममा सहभागिताका लागि सहयोगार्थ ३० अष्ट्रेलियन डलर तय गरिएको आयोजकले जनाएको छ ।