२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० दिनमै छायांकन सक्यो ‘होस्टेल रिटन्स’ले



अ+ अ-

फ्लोर ज्वाइन गरेको २० दिनमा ‘होस्टेल रिटन्स’ले आफ्नो छायांकन सकेको छ । पछिल्लो समय चलचित्र क्षेत्रमा सम्भावना बोकेको नया कलाकार भित्र्याउन माहिर मानिएका निर्माता तथा कलाकार सुनिल रावलले यस चलचित्र मार्फत पनि नयाँ अनुहारलाई डेब्यु गराउदै छन् ।

पहिलो चलचित्र ‘शायद’ देखि ‘होस्टेल’ हुदै ‘होस्टेल रिटन्स’ सम्म आइपुग्दा सुनिल राम्रा चलचित्र बनाउन र चलाउन जान्ने निर्माताको रुपमा परिचित भैसकेका छन् । उनको पहिलो र दोस्रो चलचित्रले दर्शकको मन जित्नुको साथै मुनाफा पनि आर्जन गरेका थिए । उनको तेस्रो प्रोजेक्ट ‘होस्टेल रिटन्स’ कस्तो हुने हो अहिले बाटै चासोको बिषय बनि सकेको छ ।

सिभिल इन्जीनियर पढ्ने बिधार्थीको कथामा निर्मित ‘होस्टेल रिटन्स’को छायांकन बुटवलमा गरिएको छ । दुर्गिस फिल्म्सको ब्यानरमा निर्मित यस चलचित्रलाई ‘मौन’ निर्देशक सुरज भुषालको निर्देशन रहेको छ । चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, निर्मल शर्मा, सुदाम सीके, प्रदिपकुमार चौधरी, इभास जोशी, रमेश श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रलाई आगामी बैशाखमा प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी रहेको छ ।