४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मेलवर्नमा सुरु भयो नेपाल महोत्सव २०१४

मेलवर्नमा सुरु भयो नेपाल महोत्सव २०१४
अ+ अ-

मेलबर्न । नेपाल महोत्सव २०१४ को मेलबर्न संस्करण आज (शनिबार) सुरु भएको छ ।
महोत्सवको पहिलो दिन आज मेलबर्नको होटल RYDGES मा नेपालको पर्यटन र लगानीको सम्बन्धमा कार्यशाला आयोजना गरिएको छ ।
कार्यशालामा नेपालको पर्यटन विकासमा कस्तो योगदान गर्न सकिन्छ र विदेशी नागरिकलाई नेपालको भ्रमण गर्न प्रोत्साहित गर्ने उपायका विषयमा छलफल हुनेछ । कार्यशालामा अष्ट्रेलियामा रहेका विज्ञहरुका साथै नेपालबाट आएका विभिन्न व्यक्तित्वहरुले अवधारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।
महोत्सवमा सहभागी हुन नेपालबाट नेपाल उद्योग वाणिज्इ महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी लगायतका व्यापारी र व्यवसायीहरु मेलवर्न आएका छन् ।
महोत्सवमा एनआरएनआईसीसीका अध्यक्ष शेष घले, भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली लगायत अष्ट्रेलियामा रहेका अन्य सफल व्यवसायीहरु सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुन र पर्यटन प्रर्बदनका बारेमा अनुभव साट्न नेपाल टेलिभिजनका अध्यक्ष एवं कलाकार नीर शाह पनि मेलबर्नमा छन् ।
आज कार्यशाला सकिएपछि गाला डिनरको आयोजना गरिएको छ ।
महोत्सवको आकर्षणका रुपमा आइतबार मध्यान्ह पञ्चेबाजाको साथमा परेड गरिनेछ । परेड स्टेट लाईब्रेरीबाट कार्यक्रमस्थल फेडरेशन स्क्वायरसम्म हुने कार्यक्रम छ ।
फेडेरेशन स्क्वायरमा नेपाली कला संस्कृतिलाई अष्ट्रेलियन समाजमा चिनारी दिनका निम्ति विविध सांस्कृतिक कार्यक्रमका साथ फुड फेष्टिभलको आयोजना समेत गरिने भएको छ ।
अपरान्ह ४ बजेदेखि औपचारिक कार्यक्रम हुनेछ । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले आफ्नो मन्तव्य राख्नेछन् भने बीच बीचमा विभिन्न सांस्कृतिक प्रस्तुतीको कार्यक्रम समेत राखिएको छ ।
साँझ ६ बजेदेखि राती १० बजेसम्म भने कन्सर्ट आयोजना गरिने नेपाल फेष्टिबल मेलवर्नका संयोजक ऋषि कँडेलले अनलाइन चौतारीलाई जानकारी दिए ।
कन्सर्टमा दर्शकहरुलाई मनोरञ्जन दिन नेपालबाट सविन राई, मिलन लामा लगायतका कलाकार मेलवर्न आएका छन् भने स्थानीय कलाकारको आकर्षक प्रस्तुति समेत रहने भएको छ ।
यसअघि अष्ट्रेलियाको सिड्नी र पर्थमा नेपाल फेष्टिबल भव्य रुपमा सम्पन्न भैसकेको छ ।