२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘चंखे शंखे पंखे’ निर्माणको घोषणा



अ+ अ-

निर्देशक सुदर्शन थापाले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । अभिनेता समेत रहेका सुदर्शनले ‘चंखे शंखे पंखे’ नामको छैठौं चलचित्र निर्देशनको घोषणा गरका हुन् । राजधानीमा एक औपचारिक कार्यक्रमका बिच सुदर्शनले आफ्नै मुख्य भूमिका रहने चलचित्र निर्देशनको घोषणा गरेका हुन् । चलचित्रमा सुदर्शन शंखेको भूमिकामा देखिने छन् । सुदर्शनको अभिनय तथा स्व आलोक नेम्वाङले निर्देशन गरेको चलचित्र अझै पनि आउँदो फाल्गुन १५ देखि प्रर्दशन हुँदैछ ।

कमेडी र राष्ट्र प्रेम झल्कने चंखे शंखे पंखेमा चंखेको भूमिकामा सुवास थापा र शंखेको भूमिकामा नव कलाकार प्रेम पुरी देखिनेछन् । यहि बिहीवारदेखि छायाँकन सुरु हुने चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेछन् । तारा प्रकाश लिम्बुको संगीत रहने गीतलाई गोविन्द राईले नृत्य निर्देशन गर्दैछन् । नयाँ निर्माता सन्तोष सेन ठकुरीको लगानी रहने यो चलचित्रमा अष्ट महर्जनको द्धन्द रहनेछ ।

३ बेरोजगार यूवाको कथामा बन्न लागेको यो चलचित्रले आत्महत्याको बिषयलाई पनि उठान गर्ने जानकारी निर्माणपक्षले दिएको छ । कार्यक्रममा बोल्दै निर्देशक तथा कलाकार सुदर्शन थापाले नेपालमा बढ्दै गएको आत्महत्याको कथालाई चलचित्रमा देखाउने बताए । रामशरण पाठकले कथा लेखेको यो चलचित्रमा पूजा शर्मा, नन्दिता केसी, प्रमोद अग्रहरी, राजाराम पौडेल, श्याम राई, ध्रुव कोइराला र रबिन्द्र खड्काको पनि मुख्य भूमिका रहने छ ।