६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘चंखे शंखे पंखे’ निर्माणको घोषणा



अ+ अ-

निर्देशक सुदर्शन थापाले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । अभिनेता समेत रहेका सुदर्शनले ‘चंखे शंखे पंखे’ नामको छैठौं चलचित्र निर्देशनको घोषणा गरका हुन् । राजधानीमा एक औपचारिक कार्यक्रमका बिच सुदर्शनले आफ्नै मुख्य भूमिका रहने चलचित्र निर्देशनको घोषणा गरेका हुन् । चलचित्रमा सुदर्शन शंखेको भूमिकामा देखिने छन् । सुदर्शनको अभिनय तथा स्व आलोक नेम्वाङले निर्देशन गरेको चलचित्र अझै पनि आउँदो फाल्गुन १५ देखि प्रर्दशन हुँदैछ ।

कमेडी र राष्ट्र प्रेम झल्कने चंखे शंखे पंखेमा चंखेको भूमिकामा सुवास थापा र शंखेको भूमिकामा नव कलाकार प्रेम पुरी देखिनेछन् । यहि बिहीवारदेखि छायाँकन सुरु हुने चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेछन् । तारा प्रकाश लिम्बुको संगीत रहने गीतलाई गोविन्द राईले नृत्य निर्देशन गर्दैछन् । नयाँ निर्माता सन्तोष सेन ठकुरीको लगानी रहने यो चलचित्रमा अष्ट महर्जनको द्धन्द रहनेछ ।

३ बेरोजगार यूवाको कथामा बन्न लागेको यो चलचित्रले आत्महत्याको बिषयलाई पनि उठान गर्ने जानकारी निर्माणपक्षले दिएको छ । कार्यक्रममा बोल्दै निर्देशक तथा कलाकार सुदर्शन थापाले नेपालमा बढ्दै गएको आत्महत्याको कथालाई चलचित्रमा देखाउने बताए । रामशरण पाठकले कथा लेखेको यो चलचित्रमा पूजा शर्मा, नन्दिता केसी, प्रमोद अग्रहरी, राजाराम पौडेल, श्याम राई, ध्रुव कोइराला र रबिन्द्र खड्काको पनि मुख्य भूमिका रहने छ ।