• १३ मंसिर २०७९, मंगलवार
  •      Tue Nov 29 2022
Logo
Latest
★   समानुपातिक मतगणनाः कति दलले पाउलान् राष्ट्रिय मान्यता ? ★   थारु समुदायका लागि ६.६ प्रतिशत आरक्षण नछुट्याउन आदेश ★   सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम भयोः ओली ★   सुनसरी ४ मा सञ्चारमन्त्री कार्कीको अग्रता, एमालेका कुसियत भन्दा १३६ मतले अघि ★   सत्तारुढ गठबन्धनलाई अगाडी बढाउने पक्षमा नेकपा एस ★   कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो ★   २०४८ सालदेखि निरन्तर सांसद पाएको अर्घाखाँचीको गाउँ ★   नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि ★   समानुपातिक मतगणना: कति दलले पाउलान् राष्ट्रिय मान्यता ? ★   ट्रक चलाउँदै टिकटक ‘लाइभ’मा आएका चालकलाई ट्राफिक प्रहरीको कारबाही

‘श्री ५ अम्बरे’को ‘नाच्ने नचाउने सबैलाई मताउने’ (भिडियो सहित)



चलचित्र ‘श्री ५ अम्बरे’को आईटम गीत रिलिज गरिएको छ । ‘नाच्ने नचाउने सबैलाई मताउने’ बोलको गीतमा रिया श्रेष्ठले कामुक नृत्य गरेकी छिन् । शिव विकले नृत्य निर्देशन गरेको प्रस्तुत गीतमा बाबु बोगटीको संगीत तथा सरिता वली र रत्न सुब्वाको स्वर रहेको छ । केहि समय पहिले रिलिज गरिएको यो मनमा हमेशा बोलको गीत यतिबेला दर्शकको रुचाईमा पर्न सफल भएको छ ।
जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित फिल्ममा सौगात मल्ल, केकी अधिकारी, बिक्रम सिंह, सिर्जना अधिकारी, दिवाज राई, मार्टिन खान, राज गोदाईली लगायतको अभिनय देख्न सकिन्छ । टि एन आचार्य र दिपक आचार्य निर्माता रहेको यो फिल्मको कथा अभिमन्यू निरवीले लेखेका हुन् । मंसिर ५ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् ।