४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विदेशिने कलाकर्मीको डरलाग्दो आँकडा

विदेशिने कलाकर्मीको डरलाग्दो आँकडा
अ+ अ-

कलाकर्मीहरुलाई देशको गहना भन्ने गरिन्छ । उनीहरुको कलालाई देशले मात्र होइन आम दर्शकहरुले पनि सम्मान गर्ने गर्दछन् । त्यहि कलाबाट प्रभाबित भएका फ्यानहरु उनीहरुकै जीवनशैली र दैनिक ब्यबहारको नक्कल गर्न पछि पर्दैनन् । तर पछिल्लो समय देशमा मान सम्मानका साथ सफलता प्राप्त गरिरहेका कलाकर्मीहरु पनि बिदेश भासिने क्रम बढ्दो छ । जीवन गुजारा र भविष्यको चिन्तालाई वाहना बनाउँदै बिदेशमै रमाउने कलाकर्मीको संख्या दिन प्रतिदिन बढ्दो छ ।

गायक, गायीका तथा अभिनेता अभिनेत्रीहरु पछिल्लो समय बिभिन्न कार्यक्रमको शिलशिलामा युरोप, अमेरिका र अष्ट्रेलिया लगायत आर्थिक रुपमा नाम चलेका देशहरु पुगेर उतै हराउने गरेका छन् । चर्चा गरौं केहि सफल कलाकर्मीहरुको जो बिभिन्न बाहनामा नेपालमा भएको मान, सम्मान र प्रशंम्शकहरुलाई छोडेर बिदेशी भूमिमा श्रम गरिरहेका छन् ।

प्रेमराजा महत – पानको पात, बिदेशीको हरीयो डलर जस्ता चर्चित तथा सदाबहार गीत गाएर दर्शक तथा श्रोताको मन जित्न सफल लोक गायक प्रेमराजा महतले नेपालमै नाम र दाम राम्रै कमाईरहेका थिए । तर उनलाई नेपालको नोटले मात्र पुगेन, बिदेशीको हरीयो डलरमा आँखा लगाए र अमेरिका भासिय । हुन त उनी अहिले अमेरिका स्थीत नेपाली हआबाणिज्य दुत पनि हुन् । तर उनी शुरुका दिनमा सामान्य श्रम गर्न नै अमेरिका पुगेका थिए ।

जगदिश समाल – किन आउछ तिम्रो याद, आओ यादहरु हो आओ लगायतका आधुनिक गीतहरु नेपाली सुगम संगीतलाई दिएका लोकपृय गायक जगदिश समाल पनि एकाएक बिदेश पलायन भए । पछिल्लो तीन बर्षयता उनको स्वरमा नयाँ गीत सुन्न लालायीत श्रोता निराश छन् । उनी भने बिदेशी भूमिमा सामान्य श्रममा नै रमाइरहेका छन् ।

भगवान भण्डारी -पहिलो एलवम खैरेनीमा गेटको रेकर्ड गराएर खाडि मुलुक भासिएका भगवानको पहिलो गीत नै यति हिट भयो कि उनलाई खाडिबाट एक बर्ष भित्र नै नेपाल फर्काइदियो ,गीत र भगवानको स्वरले जताततै वाइवाई पायो । त्यसपछिको फूलमा भमरा बोलको गीत समाबेश एउटै एलवमबाट १५ लाख भन्दा बढी कमाएका थिए उनले । नाम र दाम दुबै कमाउन सफल उनी पनि सबैलाई आश्चार्यमा पार्दै बिदेश पलायन भए । पछिल्लो समय बिज्ञान र प्रबिधीमा भएको बिकाशले सांगीतीक श्रष्ठाहरु प्रत्यक्ष मारमा परेको देखिन्छ । इमेल, इन्टरनेट, पेनड्राइभ र पाइरेसीको प्रत्यक्ष सिकार भएको छ यो क्षेत्र । केहि समय पहिलासम्म एउटै एलवमबाट १५ लाख सम्म कमाई हुने गरेकोमा पछिल्लो समय उहि स्तरमा हिट भएको एलवमको कमाई १५ हजारमा सिमित भएको छ । भगवानको हकमा पनि यस्तै भयो अनी उनलाई पनि बिदेशीने लड चल्यो ।

राजु लामा -चर्चित ब्याण्ड मंगोलीयन हर्टका भोकलिष्ट राजु लामा पनि नेपालमै रमाईरहन सकेनन् । तिमिलाई देखेर, पर्खाइमै भिज्यो सिरानी लगायतका कर्णपृय गीतहरु गायका सुमधुर स्वरका धनी राजु लामा स्टेजमा पनि राम्रै चलेका गायक हुन् । तर पनि उनले नेपालमै भबिष्य देख्न सकेनन् । अन्तत बिदेश पलायनकै बाटो रोजे उनले पनि ।

सुदीप गीरी -टुट्नु थियो टुट्यो मुट, मत तिम्रै होनी जस्ता गीत गाएका सुदीप गीरी छोटो समयमै स्थापित भएका गायक हुन् । करीव ४ बर्ष मात्र नेपाली सांगीतीक क्षेत्रमा सक्रिय भएका गीरी स्थापित भएसँगै बिदेश पलायन भए । बिदेश जान सजिलो होस् भनेर मात्र उनी संगीतीक क्षेत्रमा प्रबेश गरेका थिए भन्ने चर्चा पनि हुने गथ्र्यो उनी बिदेशमै हराउदै गरेको बेलामा ।

यम बराल- नायक बन्न संघर्ष गर्दा गर्दै गायकमा स्थापित हुन पुगेका यम बरालका पनि अधिकाँश गीत सदाबहार लाग्छन् । यीनै सदाबहार स्वरका धनी यम बराल पनि यतिबेला नेपाली सांगीतीक क्षेत्रलाई चटक्कै बिर्सिएर बिदेशी भूमिमा श्रम बेचिरहेका छन् । यस्तै कर्ण दाश, दीपेश किशोर भट्टराई, इश्वर अमात्य, मोहन डोटेल, बिमल घर्ती लगायत गायकहरु पनि यतिबेला बिदेशी भूमिमै श्रम बेचिरहेका छन् ।

गायकको तुलनामा गायीकाहरु भने कमै छन् बिदेश भासिनेमा । हुन त नेपाली सांगेतीक क्षेत्रमा सक्रिय गायीकाहरु नै गायकको तुलनामा न्यून छन् । बिदेशिने सिमित गायीकाहरुमा चर्चित गायीका सपना श्रीको नाम पनि आउछ । आधुनीक तथा चलचित्रका गीतहरुमा आफ्नो सुमधुर स्वरले धेरैको मन जितेकी सपना श्रीलाई नेपालमै राम्रो कमाई गर्ने गायीकाको रुपले हेर्ने गरिन्थ्यो । तर उनलाई पनि बिदेशीएर ठूलै रकमको जोह गर्ने चाहना भयो र त उनी पनि बिदेश पलायन भइन् । त्यस्तै अन्जना गुरुङ, मीरा राणा पनि नेपाली सांगीतीक क्षेत्रमा सफल मानिएका गायीकाहरु पनि बिदेश पलायनको बाटो रोज्जन पुगे ।

नायक नायीका पनि कम छैनन्

गायक गायीका मात्र होइनन्, बिदेश भासिने नायक नायीकाको लिष्ट पनि लामै छ । नायक सरोज खनाल, रमेश उप्रेती दुबै नेपालमा काम पाइरहदै अमेरिका पलायन भएका थिए । रमेश उप्रेत भने यतिबेला अब नेपालमै बसेर केहि गर्ने भन्दै नेपाल फर्किएका छन् भने सरोज खनाल भने अझै अमेरिका नै रहेका छन् । त्यस्तै बिपना थापा, ऋचा घिमिरे, यूना उप्रेती, झरना बर्जचार्य जल शाह लगायतका नायीकाहरु यतिबेला बिदेशमै रहदै आएका छन् ।

यसरी कलाकर्मीहरु एक पछि अर्को गर्दै बिदेश भासिनु रहर हो की बाध्यता ? यतिबेला बहशको बिषय बनेको छ । कयैं हिट गीत दिएका गायक, गायीका पनि नेपालमा भबिष्य देख्न सकेका छैनन् । यसको मुख्य कारण नेपालको बजार सानो हुनु पनि हो । नेपाली सांगीतीक क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्न नसक्नु पनि अर्को कारण हुन सक्छ । बलीउड, हलीउडतिर हेर्ने हो भने एउटा हिट गीत दिएका कलाकारले आफ्नो जीवनभरी गुजारा गर्न सक्ने कमाई गर्छन भने २, ४ वटा काममा सफलता पाए भने सात पुस्तालाई पुग्ने गरी आर्थिक रुपमा सबल हुन्छन् । तर कलीउडमा भने जति सफल भए पनि आर्थिक रुपमा कहिल्यैं अगाडि बढ्न सकेका देखिदैनन् श्रष्टाहरु ।