• १३ मंसिर २०७९, मंगलवार
  •      Tue Nov 29 2022
Logo
Latest
★   २०४८ सालदेखि निरन्तर सांसद पाएको अर्घाखाँचीको गाउँ ★   नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि ★   समानुपातिक मतगणना: कति दलले पाउलान् राष्ट्रिय मान्यता ? ★   ट्रक चलाउँदै टिकटक ‘लाइभ’मा आएका चालकलाई ट्राफिक प्रहरीको कारबाही ★   अमेरिकी फ्रिडम पार्टीको घण्टी यहाँ पनि आयोः ओली ★   सबै दल मिलेर सार्वजनिक तथा सरकारी जग्गा सखाप नै पार्ने भए: पूर्वसचिव शारदाप्रसाद त्रिताल ★   पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोड्दै विमानस्थल ★   यु-१९ राष्ट्रिय क्रिकेट: प्रदेश-१ विजयी ★   महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँः राष्ट्रिय भूमि आयोग(भिडीयोसहित) ★   थापाथलीको सुकुम्बासी बस्ती आज दोस्रो दिन पनि अशान्त

यसरी रत्यौंली नाचे नायीकाहरु (भिडियो सहित)



स्वर्गिय निर्देशक आलोक नेम्वाङद्वारा निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’ को रत्यौली गीत सार्वजनिक गरिएको छ । बिहेको महिना मंसिरलाई मध्यनजर गर्दै ‘चमक चमक’ बोलको रत्यौंली गीत सार्वजनिक गरिएको अभिनेता समेत रहेका निर्माता सुदर्शन थापाले बताए । ।

गीतमा अभिनेता सुदर्शन थापा र पूजा शर्माको बिहे भइरहेको देखाइएको छ । उनीहरुको बिहेमा सुरक्षा पन्त, प्रमिला खनाल, बिपना धिमाल, मिथिला शर्मा लगायतका कलाकारले नाचेँका छन् । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको यस गीतमा मनिष पोखरेल र रीता बुढाथोकीको स्वर रहेको छ ।

पूनम गौतम र सुदर्शन थापाले निर्माण गरेको यो चलचित्र फागुन १५ गते रिलिज हुँदैछ । रामशरण पाठकको लेखन रहेको यो चलचित्र पारिवारिक प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जानकारी दिएको छ ।