१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्री ५ अम्बरेले जित्यो नेताको मन



अ+ अ-

मंसिर ५ गते बाट देशभर प्रदर्शन भएको चलचित्र श्री ५ अम्बरेले काठमाडौंको कुमारी हलमा चलचित्रको विशेष शोको आयोजना गरि चलचित्र देखाएको छ । सडक बालबालिकाको बाध्यत्मक परिस्थिति र विवशताको कथा बोकेको चलचित्र श्री ५ अम्बरेको विषेश शो हेर्नका लागी एमाओवादीका नेता डा बाबुराम भट्टराई, एमालेका नेता प्रदिप ज्ञवाली लगायतका कलाकार, पत्रकार, चलचित्रकर्मीको भब्य उपस्थिति रहेको थियो ।

चलचित्र शुरु भएको केहि समयमै बाहिरीएका नेता डा भट्टराईले फेसबुक मार्फत चलचित्रलाई सफलताको शुभकामना दिदै चलचित्र सडक बालबालीका र युवाको जीवन र दुनिया बुझ्न उपयोगी भएको बताए । त्यस्तै चलचित्र पुरा हेरेका नेता प्रदिप ज्ञवालीले चलचित्रको कथावस्तुले आफ्नो मन जितेको बताए ।

चलचित्र हेर्नका लागि चलचित्र श्री ५ अम्बरेका मुख्य कलाकार सौगात मल्ल मात्र हलमा पुगेका थिए । महिला निर्देशक दिपा बस्नेतले निर्देशन गरेको चलचित्र श्री ५ अम्बरेमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

चलचित्रमा डा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् । टि एन आचार्य र दिपक आचार्यद्धारा निर्माण गरेको चलचित्रको कथा अभिमन्यू निरवीले लेखेका हुन् ।