५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

श्री ५ अम्बरे राजावादी चलचित्र होईन -दीपा

श्री ५ अम्बरे राजावादी चलचित्र होईन -दीपा
अ+ अ-

पहिलो चलचित्र “अन्तराल”बाट सबैको मन जित्न सफल निर्देशक दीपा वस्नेतको निर्देशन रहेको दोश्रो चलचित्र श्री ५ अम्बरे नेपालभर प्रदर्शन भैरहेको छ । पहिलो चलचित्र बाट नै आफ्नो निर्देशकिया क्षमताबाट सबैलाई प्रवाहित पर्नु को साथै विभिन्न अवार्ड पाउन सफल दीपा चलचित्र अन्तराल बाट सर्वोत्कृष्ट चलचित्र निर्देशक राष्ट्रिय चलचित्र पुरस्कार २०७० वाट समेत सम्मानित भएकी थिइन् । करीव आधा दर्जन छोटा चलचित्रको निर्देशन गरिसकेकी दीपा थिएटरकी कुशल अभिनेत्री पनि हुन् ।यतिबेला चलचित्र श्री ५ अम्बरेको प्रमोशनमा ब्यस्थ दीपासँग यसै चलचित्रको बारेमा केन्द्रित भइ गरिएको कुराकानीको अंश प्रस्तुत गरिएको छ :

चलचित्र श्री ५ अम्बरेको प्रदर्शन कस्तो भैरहेको छ ?
प्रदर्शनको छोटो समयमै चलचित्रले दर्शकको राम्रो साथ पाएको छ । हामीले जुन स्तरको मेहनत चलचित्र निर्माणमा गरेका थियौं अहिले त्यसको राम्रो मुल्याँङ्कन भएको छ । दर्शकहरुले चलचित्रको कथाबस्तुलाई निकै रुचाएको पाएको छु ।

कस्तो खालको चलचित्र हो श्री ५ अम्बरे ?
यो खास सामाजिक कमेडी चलचित्र हो । एउटा अम्बर भन्ने पात्रलाई राजा बन्ने रहर हुन्छ त्यहि कथावस्तुलाई चलचित्रमा राखिएको छ ।

तपाईंले यस चलचित्रबाट कस्तो अपेक्षा राख्नु भएको छ त  ?
नेपालमा अहिले धेरै चलचित्रहरु लगानी नउठाएर डुबिरहेका छन् । र थोरै चलचित्रले लगानी उठाउने गरेको पाइन्छ । ति थोरै चलचित्रभित्र पर्दछ श्री ५ अम्बरे र यस चलचित्रले लगानी पक्का उठाउछ र सफल चलचित्र बन्छ भन्ने विश्वास छ ,र हाम्रो टिम बलियो भएकाले चलचित्रले दर्शकहरुको मन जितिरहेको छ ।

अन्य चलचित्र भन्दा के कुरामा फरक छ श्री ५ अम्बरे ?
खास हाम्रो कथावस्तु नयाँ छ , यो विषयवस्तुमा अहिलेसम्म चलचित्र निर्माण भएको छैन्, । र अर्को कुरा हाम्रो प्राविधिक पक्ष हो । नँया स्टाइलमा एउटा गीत तयार पारेका छौं त्यो गीत अहिले सबैले मन पराइरहेको अवस्था छ ।

श्री ५ अम्बरेबाट दर्शकले के सन्देश पाउछन् ?
यो विशुद्ध सामाजिक कथावस्तुमा आधारित मनोरन्जनात्मक चलचित्र हो । हाम्रो समाजमा हरेक ठाउँमा, हरेक गल्लीमा कतै न कतै कोही न कोहीमा ति ठाउँमा आफू राजा हुँ भन्ने आभाष हुन्छ । त्यस्तै एउटा कुनै वर्ग भित्र राजा बन्ने सपना बोकेको एउटा पात्रको कथा छ श्री ५ अम्बरेमा । दर्शकले भरपुर मनोरन्जन लिन सक्छन् ।

चलचित्रको नाम श्री ५ अम्बरे नै किन राख्नुभयो ?
श्री ५ अम्बरे झट्ट सुन्दा दर्शकले कतै यो राजावादी चलचित्र त हैन भन्ने भ्रम हुनसक्छ । तर, यो राजावादी चलचित्र होइन यो कसरी रहन गयो भने राजतन्त्रको अन्त्यसंँगै गणतन्त्रको स्थापना संगसंगै श्रीपेच लगाउने राजा दरबारबाट त गइसके, तर पनि कोही टोलका राजा, कोही समाजका राजा, कोही घरका राजा हुन्छन् र आफूलाई राजा ठान्छन् । हो त्यस्तै एउटा पात्रमाथिको कथा भएकोले नाम पनि श्री ५ अम्बरे राखिएको हो । एउटा समाजको अम्बर भन्ने पात्र हुन्छ उसलाई राजा बन्ने भुत चढ्छ र श्री ५ भन्ने शब्द ल्याई अम्बरेलाई राजा बनाइन्छ र त्यसैले नै यो श्री ५ अम्बरे भएको हो ।

अन्तमा नेपाली दर्शकलाई के भन्नुहुन्छ ?
दर्शकलाई हाम्रोभन्दा राम्रो चलचित्रलाई माया गरिदिनुस् भन्न चाहन्छु । यो श्री ५ अम्बरे चलचित्र यतिबेला प्रदर्शनको क्रममा छ । एकपटक हेरिदिनुस् र राम्रो नराम्रो जेजस्तो भए पनि प्रतिक्रिया दिनुहोला र नेपाली चलचित्रहरुलाई माया गर्नुहोला भन्न चाहन्छु ।