२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्लोरमा ‘वडा नम्बर ६’



अ+ अ-

चलचित्र ‘छ एकान छ’को सफलतापछि निर्मातात्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले ‘वडा नम्बर ६’को छायाँङ्कन सुरु गरेका छन् । काठमाण्डौको जोरपाटी स्थित चापागाँई स्टूडियोमा कलाकाहरु दीपकराज गिरी, दयाहाङ राई, अरुणा कार्की, प्रियंका कार्की लगायतले पहिलो टेक दिएका छन् । धुलिखेलबाट चलचित्रको छायांकन सुरु गर्ने योजना रहेपनि सार्क सम्मेलनमा देखिएको सवारीको समस्याका कारण काठमाण्डौ भित्रैबाट छायांकन आरम्भ गरिएको निर्माता गिरीले बताए । केही सातापछि काठमाण्डौ बाहिर जाने योजना निर्माणपक्षको छ ।

चलचित्रमा ‘छ एकान छ’का कलाकार जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल दोहोरिएका छन् भने किशोर खतिवडा, शिवहरी पौडेल र विल्सन विक्रम राई भने अतिथी भूमिकामा देखिदैछन् । चलचित्रको छायांकन ४० दिनसम्म चल्ने निर्माणपक्षले जनाएको छ ।

उज्जवल घिमिरेले निर्देशन गरिरेको यस चलचित्रमा सुगम पाख्रेल, बसन्त सापकोटा, राजनराज शिवाकोटी र दिपक शर्माको संगीत रहनेछ । चलचित्रमा चारवटा गीत रहनेछन जसमा अन्जु पन्त, सुगम पोख्रेल, प्रल्हाद तिमल्सिना, प्रिती कौर लगायत गायक गायिकाको आवाज सुन्न पाईनेछ ।