५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

चीनमा पाँचलाख एड्स सङ्क्रमित

चीनमा पाँचलाख एड्स सङ्क्रमित
अ+ अ-

बेइजिङ, १५ मंसिर । चीनमा कम्तीमा पनि पाँच लाख एचआइभी एड्स सङ्क्रमित रहेका बताइएको छ । पछिल्लो तथ्याङ्कमा सो अवस्था देखिएको छ । पहिचान भएका मात्र पाँच लाख एड्स सङ्क्रमित रहेका र त्यसमा अझै दशौं हजार अरु व्यक्तिमा सो सङ्क्रमण रहेको अनुमान गरिएको पनि समाचारमा उल्लेख छ ।

यो पछिल्लो तथ्याङ्क विश्व स्वास्थ्य संगठनको हो । पहिचान हुन बाँकी रहेका अरुपनि सङ्क्रमितका बारेमा भने केही खुल्न सकेको छैन । चीनका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि बर्नहार्ड स्वार्टल्याण्डले सो तथ्य बाहिर ल्याएका हुन् । चीनको जनसङ्ख्या करिब एक अरब ३६ करोड रहेको छ । चीनमा एड्सका सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएकोले नागरिकमा यो सङ्क्रमण रोक्नका लागि विशेष कार्यक्रम अघि सार्नुपर्नेमा उनको जोड छ ।

साथै एड्सको सङ्क्रमण लिएर बाँचिरहेका नागरिकको सुरक्षा र स्वास्थ्यका लागि पनि चीन सरकारले केही काम गर्न आवश्यक रहेको उनको भनाई छ । चीनमा समलिङ्गीका कारण पनि एड्सको वृद्धिदर बढिरहेको बताइएको छ । बर्नहार्डले यस्ता व्यक्ति र यौनकर्मीमा पनि यो सङ्क्रमणको अवस्था हटाउनु आवश्यक रहेको बताए ।

चीनमा यो सङ्क्रमणका विरुद्ध जनचेतना फैलाउनु आवश्यक छ । उनका अनुसार यौनकर्मीहरुमा जनचेतना फैलाउनुका साथै एड्स सङ्क्रमितहरुमाथि हुने गरेका विभेदको अवस्था घटाउनु आवश्यक छ । विश्व एड्स दिवसका दिन पारेर एके पत्रिकामा उनको आलेख छापिएको छ । सो आलेखमा उनले यी तथ्यहरु सार्वजनिक गरेका हुन् ।

चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन नियोगले आइतबारमात्र चीनमा चार लाख ९७ हजार जना एड्स सङ्क्रमित रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । चीनमा स्न १९८५ मा पहिलो पटक एड्सका सङ्क्रमित बिरामी भेटिएका थिए । त्यसयता चीनले यो सङ्क्रमणको दर घटाउनका लागि गर्ने गरेका विभिन्न प्रयत्नका बाबजुद पनि त्यहाँ एड्स विस्फोट रुपमा वृद्धि भइरहेको छ ।

सन् २०१३ को सेप्टेम्बर महिनामा त्यहाँ चार लाख ३४ हजार जना एड्स सङ्क्रमित भेटिएका थिए । यो आँंकडा त्यसपछि बढेको हो । उक्त नियोगले गएको तीन दशकमा चीनमा एचआइभी एड्सको सङ्क्रमणबाटै मृत्युहुने व्यक्तिको सङ्ख्या एक लाख ५४ हजार रहेको छ । बर्सेनि त्यहाँ नयाँ नयाँ एचआइभी सङ्क्रमितहरुको सङ्ख्या थपिँदै छ । चीनमा ठूलो जनसङ्ख्या भएकाले पनि यस्ता सङ्क्रमित बढ्दै गएको पाइन्छ ।

चीनमा विशेषगरी समलिङ्गी पुरुषका कारण पनि यो सङ्क्रमणमा वृद्धि भइरहेको अधिकारीहरुको भनाई छ । गएको आठ महिनायता चीनमा एचआईभी एड्स सङ्क्रमितहरुमा गरिएको एक अध्ययनमा चीनमा बढिरहेका एचाआइभी सङ्क्रमितमध्ये २५ प्रतिशतको वृद्धि यसै कारणले भएको बताइएको छ । त्यसपछिको ठूलो सङ्ख्या महिला यौनकर्मीहरुको रहेको छ । उनीहरुका कारण पनि यो सङ्क्रमणको वृद्धिमा सहयोग पगेको स्वास्थ्य अधिकारीहरुको भनाई छ ।