५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

आर्यन र केकी उत्कृष्ट, महशुसलाई ६ विधामा अवार्ड

आर्यन र केकी उत्कृष्ट, महशुसलाई ६ विधामा अवार्ड
अ+ अ-

फाईल फोटो (नेफ्टा अबार्ड ग्रहण गर्दौ अभिनेत्री केकी अधिकारी)

कामना मासिक पत्रिकाले पहिलो पटक सिजी इन्टरटेन्मेन्टसँगको सहकार्यमा आयोजना गरेको सिजी कामना फिल्म अवार्ड २०७१मा आर्यन सिग्देल र केकी अधिकारीले चलचित्र महशुस बाट उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड हात पारेका छन् । अभिनेता सिग्देल हप्ता दिन अघि मात्र अप्रेशन गरेको खुट्टालाई बैशाखीको साहाराले अवार्ड लिन पुगेका थिए भने केकी अष्ट्रेलिया रहेकाले अवार्डमा सहभागी हुन सकिनन् । त्रिभुवन आर्मी अफिसर्स क्लबको हलमा आयोजित अवार्ड समारोहमा नवल नेपालले महशुसबाटै उत्कृष्ट निर्देशकको अवार्ड थापे भने उत्कृष्ट चलचित्र पनि यही नै घोषित भयो ।

अवार्ड समारोहको शुरूवात पुरानादेखि नयाँ पुस्ताका कलाकारको नृत्यबाट भएको थियो । अभिनेताहरु भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ल, रमेश उप्रेतीसँगै अहिलेका चर्चित बाल कलाकार अनुभव रेग्मीले पुरानादेखि नयाँ गीतमा नृत्य गरे । उनीहरुलाई भुवन चन्द, गौरी मल्ल, शर्मिला मल्ल, चैत्य देवी, झरना थापा, करिश्मा मानन्धर, ऋचा शर्मा, नम्रता सापकोटा र बाल कलाकार सुज्ञानी भट्टराइले साथ दिए ।

अवार्डको सुरुवातमा नै कलाकारिता तर्फबाट कीर्तिमाया दीर्घ योगदान सम्मानबाट कलाकार हरीप्रसाद रिमाललाई १ लाख नगद सहित सम्मानित गरियो । यस्तै प्रविधीतर्फको कीर्तिमाया दीर्घ योगदान सम्मानबाट छायांकार बैकुण्डमान मास्केलाई नगद १ लाख सहित सम्मानित गरियो ।अवार्ड कार्यक्रममा नेपाली चलचित्रमा लाग्दा लाग्दै निधन भएका कलाकारहरुलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । अभिनेत्री गौरी मल्लले स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको पछिल्लो चलचित्र कोहिनुरको शिर्ष गीतको म्यूजिकमा दियो बाल्दै नृत्य गरेकी थिइन् । उनलाई अन्य केही कलाकारले साथ दिए ।

कुल २६ विधामा प्रदान गरिएको अवार्डमा चलचित्रमहशुस हाबी देखियो । यो चलचित्रले ६ वटा विधामा अवार्ड जित्यो । अवार्ड जित्ने चलचित्रकर्मी र चलचित्रको नाम यसप्रकार छ ।

१.उत्कृष्ट श्रृङ्गार : निमा लामा (धन्दा)
२. उत्कृष्ट साउण्ड डिजाइनर : उत्तम न्यौपाने (मौन)
३. उत्कृष्ट छायांकार : हरी हुमागाँइ (होस्टेल)
४.उत्कृष्ट सम्पादक : सुरेन्द्र पौडेल (होस्टेल)
५.उत्कृष्ट द्वन्द्व : सूर्य थोकर (लभ फरेभर)
६. उत्कृष्ट ब्याकग्राउन्ड स्कोर : रोहित शाक्य (मौन)
७. उत्कृष्ट नृत्य : कविराज गहतराज (काली)
८. उत्कृष्ट कथा : प्रविण श्रेष्ठ (मोक्ष)
९. उत्कृष्ट पटकथा : नवल नेपाल (महशुश)
१०. उत्कृष्ट संवाद : राजन कठायत र प्रज्ञान थापा (मोक्ष)
११. उत्कृष्ट नव–नायिका : प्रकृती श्रेष्ठ (होस्टेल)
१२. उत्कृष्ट नव–नायक : कोशिश श्रेत्री (मोक्ष)
१३. उत्कृष्ट पाश्र्व–गायक : प्रेम परियार (नाइ नभन्नु ल २)
१४. उत्कृष्ट पाश्र्व–गायिका : रजिना रिमाल (नाई नभन्नु ल २)
१५. उत्कृष्ट हाँस्य कलाकार : विल्सन विक्रम राई (प्रोड्यूसर)
१६. उत्कृष्ट खलपात्र : मनोज आर.सी (मधुमास)
१७. उत्कृष्ट बाल–कलाकार : अनुभव रेग्मी (नाई नभन्नु ल २)
१८. उत्कृष्ट नव–निर्देशक : प्रविण श्रेष्ठ (मोक्ष)
१९. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाई नभन्नु ल २)
२०. उत्कृष्ट संगीतकार : गैरे सुरेश (नाई नभन्नु ल २)
२१.उत्कृष्ट सह–अभिनेत्री : वेनिशा हमाल (महशुस)
२२. उत्कृष्ट सह–अभिनेता : गौरव पहारी (होस्टेल)
२३. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी (महशुस)
२४. उत्कृष्ट अभिनेता : आर्यन सिग्देल (महशुस)
२५. उत्कृष्ट निर्देशक : नवल नेपाल (महशुस)
२६.उत्कृष्ट चलचित्र (महशुस)