• २१ मंसिर २०७९, बुधबार
  •      Wed Dec 7 2022
Logo
Latest
★   ओली ,ठाकुर र यादबसंग सीके राउतको छुट्टाछुट्टै भेटवार्ता ★   सर्वोच्चको प्रश्न : कुन संवैधानिक र कानूनले महाअभियोगको प्रस्ताव निष्प्रभावी भयो ? ★   दिपशिखाको दु:खेसो : प्रिय माओवादी कमरेडहरू यस्तो यदुवंशिय शैलीले क्रान्ति बन्ने भए म अज्ञानी हुँ… ★   नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त ★   समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र ★   निर्वाचनमा खटिएका अधिकांश कर्मचारीको काज फिर्ता ★   आइएमईको अफरः चौध हजार पठाउँदा रू. १० लाख उपहार ★   राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस ★   संसद्का महासचिवको पत्र कार्यान्वयन नगर्न मागसहित सर्वोच्चमा रिट ★   आईसीसी क्रिकेट विश्वकप लिग टुः नामिबियाद्वारा नेपाललाई २७६ रनको लक्ष्य प्रस्तुत

उत्तरपूर्वी केन्यामा ३६ को हत्या



नाइरोबी, १६ मंसिर । उत्तरपूर्वी केन्यामा मङ्लगबार बन्दुकधारीको एक समूहले आक्रमण गरी ३६ कामदारको आमहत्या गरेको प्रहरी र रेडक्रस स्रोतले जानकारी दिएको छ । मानडेरा सहरनजिकै सोमालियाको सीमामा पर्ने एक इलाकामा मङ्गलबार बिहान सबेरै आक्रमणकारीको एक समूहले त्रिपाल लगाएर सुतिरहेका कामदारहरुलाई जथाभावी गोली प्रहार गरी हत्या गरेको सो स्रोतले जानकारी दिएको छ ।

सो स्थानमा सोमालियाको अल–कायदासँग आवद्ध सेवाव र अन्य आतङ्ककारी समूहले शृङ्खलावद्ध रुपमा आक्रमण गराउँदै आएका केन्या सञ्चारमाध्यमले जानकारी दिएको छ । सोमालियाली इस्लामिस्ट अतिवादी समूहले नै सो आक्रमण गरेको प्रहरीले आशङ्का व्यक्त गरेको छ । एक वरिष्ठ प्रहरी अधिकारीले यस आक्रमणमा ३६ व्यक्तिको हत्या हुनुको साथै अन्य तीन अपहरण भएका जानकारी दिएका छन् ।

सोमबार अबेर रातिदेखि मङ्गलबार बिहानसम्म नै भएको यस आक्रमणको कुनै पनि समूहले जिम्मा भने लिएको छैन । केन्यामा सन् २०११ देखि सोमालियाली आतङ्ककारी समूहलगायत सेवा समूहको पनि सहभागितामा शृङ्खलावद्ध आक्रमण हँुदै आएको छ ।