• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह ★   ‘ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प’

रोमाको अगुवाईमा महिला कारागारमा सांस्कृतिक कार्यक्रम



“दिगो विकासको लागि प्रविधीमा प्रतिवद्धता” भन्दै २३ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर अपाङ्ग कलाकार रोमा न्यौपानेको अगुवाईमा महिला कारागारमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । महिला बन्दि गृहमा बन्दि जीवन बिताई रहेका ३२५ जना महिलाहरुको माझ सकारात्मक सोचको बिकास अभियान अन्तर्गत गरिएको कार्यक्रममा हास्य कलाकार निरु खड्का, गायीका मिन्ग्स लामा, सीता सुबेदी, शिरोमणि दवाडी लगायतको टोलिले आफ्ना विभिन्न प्रस्तुतिहरु सहित साथ दिएक थिए भने जेल जिवन बिताईरहेका बन्दीहरुले पनि नाचेर कार्यक्रम सहभागिता जनाएका थिए ।

जेलर गोबिन्द मणि भुर्तेलको प्रमुख आथित्यमा सम्पन्न भएको सो कार्यक्रममा गीत नाच तथा गजलहरु प्रस्तुत गरिएको थियो । अपांगता भएकाहरु सबै समस्यामा छन । त्यस माथि महिलाहरु बढी मर्कामा परेका छन । उनिहरुको स्वास्थ्य र प्रजनन अधिकार सुरक्षित छैन । सर्बोच्च अदालतले दिएका कतिपय आदेश समेत सरकारले मानेको छैन । प्रविधिले साङ्ग र अपाङ्गको दुरी घटाउने तथा स्वाबलम्बी जीवनका लागि आधुनिक प्रविधिमा अपांगता भएकाहरुको पहुच पुर्याउन यस्ता अभियानले सघाउ पुग्ने सोचका साथ कार्यक्रम गरिएको कलाकार रोमा न्यौपानेले बताईन् ।