२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रियंका सबैभन्दा सेक्सी एशियन महिला



अ+ अ-

बलीउड अभिनेत्री प्रियंका चोपंडा एशियाकै सबैभन्दा सेक्सी महिला चुनिएकी छिन् । ब्रिटेनको वीकली न्यूजपेपर ईस्टर्न आईले गरेको रिसर्चमा ५० जनालाई पछि पार्दै प्रियंका सेक्सी एसियन महिलाको शिर्श स्थानमा परेकी हुन् । ईस्टर्न आईले हरेक बर्ष यस्तो सर्वेक्षण गर्ने गर्दछ । गत बर्ष यो लिष्टको पहिलो स्थानमा बलीउड अभिनेत्री कैटरीना कैफ रहेकी थिइन् । गत बर्ष प्रियंका थोरै अंकले कैटरीना भन्दा तल परेकी थिइन् ।

यो बर्ष पनि प्रियंकालाई टीभि एक्ट्रेस दृष्टि भामीले कडा टक्कर दिएकी थिइन् । धामी ५० महिलामा दोश्रो स्थानमा आएकी थिइन् भने तेश्रो स्थानमा टीभि स्टार सनाया इरानीले हाता पारेकी थिइन् । गत बर्ष शिर्श स्थानमा रहेकी कैटरीना भने यो बर्ष चौथो स्थानमा पुगेकी छिन् ।

इस्टर्न आईको लिष्टमा दीपिका पादुकोण छैटै स्थानमा छिन् भने करीना कपूर आठौं, सोनम कपूर नवौं र श्रद्धा कपूर १७ औं नम्मरमा रहेका छन् । त्यसैगरी बलीउड नायीका आलीया भट्ट र कंगना रनौट पनि ५० महिला भित्र अटाएका छन् ।